इटहरी/ नेपाली संगीत उधोगकी लोकप्रिय गायिका रचना रिमाल बिशिस्ट पुरस्कारबाट पुरस्कृत भएकी छन् । उनले केहिदिन अघि नेपालका राष्ट्रपति रामचन्द्र पौडेलबाट सम्मन स्वरुप पुरस्कार ग्रहण गरेकी छन् । रिमाल ‘नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार -२०७९’ बाट पुरस्कृत भएकी हुन् । नातिकाजी स्मृति समाजद्वारा सङ्गीत महर्षि नातिकाजी श्रेष्ठको ९९ औँ जन्मजयन्तीको अवसरमा रचनालाई राष्ट्रपतिको कार्यालय सितल निवासमा एक कार्यक्रमको आयोजना गरि पुरस्कृत गरिएको हो ।
राष्ट्रपतिको हातबाट प्रदान गरिने यो सम्मान नेपाली मौलिक संगीतको क्षेत्रमा विशिष्ट योगदान पुर्याउने स्रष्टालाई प्रदान गरिदै आईरहेको छ । आफू पुरस्कृत भएपछि गायिका रिमाल हर्षित छिन् । रचना आफुले यो स्थानसम्म पुग्छु होला र यी सफलताहरुको नजिक पनि पुग्छु भन्ने कहिल्यै नसोचेको’ उनको भनाई छ । पछिल्लो समय सर्वाधिक ब्यस्त गायिका मध्येमा पर्छिन् उनी ।
हरेक दिन साङितिक कार्यक्रमको सिलसिलामा देशका विभिन्न ठाउँ संगै बिदेशको साङितिक कार्यक्रममा समेत उनको माग उच्च छ । आफुले पाएको यो पुरस्कारले थप जिम्मेवार, उर्जाशिल र कर्तब्यनिष्ठ हुन हौसला मिलेको भन्दै सामाजिक संजालमा यसरी खुशी व्यक्त गरेकी छन् ।
“आज मेरो सङ्गीतिक जीवनको महत्वपुर्ण दिन रह्यो।
नातिकाजी स्मृति समाजद्वारा सङ्गीत महर्षि नातिकाजी श्रेष्ठको ९९ औँ जन्मजयन्तीको अवसरमा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेल ज्युबाट नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार -२०७९ प्राप्त गर्ने सौभाग्य प्राप्त गरेकी छु।
यो स्थान सम्म पुग्छु होला, यी सफलताहरुको नजिक पनि पुग्छु भन्ने कहिल्यै सोचेकी थिईन। मेहेनत गर्नु धेरै छ, निरन्तर इमानदारी र अनुशासन सहित आफ्नो कर्म धेरै गर्न बाँकी नै छन्। तर यो पुरस्कारले थप जिम्मेवार , उर्जाशिल र कर्तव्यनिष्ठ हुन हौसला प्रदान गर्नेछ भन्नेमा ढुक्क छु।
धेरै भन्दा धेरै धन्यवाद नातिकाजी स्मृति समाज परिवार । मलाई यो स्थान सम्म पुर्याउन साथ , सहयोग, हौसला, आशिर्वाद र माया दिनुहुने मेरो परिवार, सम्पुर्ण दर्शक स्रोता, मेरो आवाज रहेका सबै सृजनामा आवद्द रचनाकार, संगितकार, एरेन्जर, निर्माता लगायत सम्पुर्णमा नमन गर्दछु । हजुरहरुको माया र आशिर्वाद सदैव पाईरहन सकुँ।धन्यवाद”
Discussion about this post