इटहरी/ माघे संक्रान्तिको अवसर पारेर फिल्म ‘म्याउँ’ को घोषणा गरिएको छ। फिल्ममा अभिनेता द्वय अनुप विक्रम शाही र उत्तम प्रधानको प्रमुख अभिनय रहने समेत पक्का भएको छ भने अभिनेत्रीको भने टुंगो लागेको छैन। यो फिल्मको पहिलो च्याप्टरको रुपमा घोषणा गरिएको हो। जय मिडिया म्यानेजमेन्टको प्रस्तुतिमा यो फिल्म बन्ने छ भने लेखन, निर्देशन तथा निर्माण जय राज रायको रहनेछ ।
यहि फिल्म ‘म्याउँ’ बाट अभिनेता उत्तम प्रधानले नेपालि फिल्ममा कमब्याक गर्दैछन् भने अनुपको लागि यो फिल्म महत्त्वाकाङ्क्षी बन्नेछ। मानसिक रूपमा विक्षिप्त अवस्थाको ‘साइको किलर’, जसको आफ्नै समस्याग्रस्त अतीत छ । उसले समाजमा देखाउने आफ्नो उपस्थिति र त्यसबाट उत्पन्न हुने परिस्थितिको कथामा यो फिल्म बन्न लागेको बताईएको छ । निर्देशक रायले फिल्ममा ‘ट्विस्ट एन्ड टर्न’को भरपुर प्रयोग गरी शानदार अनुभव दिलाउन कुनै कसर बाँकी नराख्ने बताए ।
दक्षिण भारतीय फिल्म सङ्गीतका प्रख्यात एजे अलीमिर्जाक नौशाद अलीले सङ्गीत, पार्श्व गायक गायिका साई भिग्नेश, पद्मलताले स्वर दिनेछन् । साई चर्चित फिल्म ‘कान्तारा’को गीत ‘बराह रूपम’ र पद्मलता फिल्म ‘थानी ओरूभन’को ‘कान्नाला कान्नाला’ गीतबाट चिनिन्छन् । दक्षिण भारतीय फिल्मकै प्रख्यात सिनेमाटोग्राफर आकाश कुमारको डिओपी रहने ‘म्याउँ’मा लक्ष्मण सुनारले एशोसियट निर्देशन तथा सम्पादन गर्नेछन् ।
यस फिल्म चीनमा पनि रिलिज हुनेछ । जसको लागि चिनिया वितरक साउथ एसिया मेरीटाईम सिल्क रोड (फुजियान) ईन्टरनेसनल मिडिया को. लि. फिल्ममा आबद्ध भइसकेको छ । जेनी खतिवडा राय, केन्द्र रेग्मी र प्रिन्स कुमार चौधरी सह निर्माता रहेको फिल्मकी कार्यकारी निर्माता निशा खतिवडा हुन् । भुटानी फिल्ममा अनुभव लिएका सुमन माझीको साउन्ड डिजाइन र सुदिप भण्डारीको भिएफएक्स रहनेछ । यसको विश्वव्यापी रिलिज लक्ष्य सन् २०२४ राखिएको छ ।
Discussion about this post