Tuesday, May 5, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

काठमाडौँमै हस्तान्तरण गरियो फिल्म ‘हल्कारा’ले प्राप्त गरेको अन्तराष्ट्रिय अवार्डहरु

✍ परिकला न्यूज
बैशाख १६, २०८० मा प्रकाशित
काठमाडौँमै हस्तान्तरण गरियो फिल्म ‘हल्कारा’ले प्राप्त गरेको अन्तराष्ट्रिय अवार्डहरु

इटहरी/ चलचित्र ‘हल्कारा’का अभिनेता महेश त्रिपाठी र सिनेमाटोग्राफर चिन्तन राजभण्डारीलाई अमेरिकाको ‘वर्ल्डफेस्ट ह्युस्टन इन्टरनेशनल फिल्म फेस्टिभल’मा प्राप्त गरेको अवार्ड नेपालमा हस्तान्तरण गरिएको छ । गत बर्ष ५५औँ वर्ल्डफेस्ट ह्युस्टन इन्टरनेशनल फिल्म फेस्टिभल २०२२ मा यो चलचित्रले उत्कृष्ट चलचित्रसँगै उत्कृष्ट अभिनेता र उत्कृष्ट सिनेमाटोग्राफीको अवार्ड प्राप्त गरेको थियो । यो चलचित्र नेपालमा यहि बैशाख २९ गतेबाट प्रदर्शनमा आउँदैछ ।बिहिबार अस्कर इन्टरनेशनल कलेजमा विद्यार्थीहरुसँग अन्तर्क्रियाको कार्यक्रम गर्दै अवार्ड प्रदान गरिएको हो । अस्कर कलेजका प्रिन्सिपल रामराजा दाहाल, सिनेमाटोग्राफर राजेश श्रेष्ठ, अस्कर कलेजका एकेडेमिक डिरेक्टर मनोजबाबु पन्त, एकेडेमिक कोअर्डिनेटर नवनिधि दाहाल र ‘हल्कारा’का निर्देशक विक्रम सापकोटाले त्रिपाठी र राजभण्डारीलाई अवार्ड हस्तान्तरण गरेका थिए । सो फेस्टिभलमा यो चलचित्रले उत्कृष्ट चलचित्रको अवार्ड पनि जितेको थियो ।

सो अवार्ड भने निर्देशक सापकोटाले फेस्टिभलमा नै पुगेर लिएका थिए । त्रिपाठी र राजभण्डारी नेपालमा नै रहेका कारण फेस्टिभलमा सहभागिता जनाउन पाएका थिएनन् । फेस्टिभलले दुवैजनाको अवार्ड हुलाकमार्फत नेपाल पठाएको थियो । अवार्ड प्राप्त गरेसँगै अभिनेता त्रिपाठीले स्तरिय काम गर्‍यौँ भने विश्वस्तरमा नै प्रतिस्पर्धा गरी सफल समेत हुन सक्छौँ भन्ने आत्मविश्वास पलाएको बताए । उनले भने, “म धेरै महत्वाकांक्षी छैन तर काममा ‘कन्फिडेन्स’को जरुरी छ । हामीले नेपालमा काम गरिरहेको कारण नेपालमा मात्र सफलता प्राप्त गर्नेमात्र नभई विश्वस्तरिय काम गर्न सक्छौँ भन्ने प्रमाण ‘हल्कारा ‘हो ।” त्यस्तै, सिनेमाटोग्राफर राजभण्डारीले यहाँसम्म पुग्ने सबैलाई धन्यवाद व्यक्त गरे । यो चलचित्र कालीपार स्टुडियो निर्माण र आइसफल प्रोडक्सनको सहकार्यमा बनेको हो । हरेक घरको कथा, प्रवासी युवक र उसलाई पर्खेर बस्ने एक नारीको कथा बोल्ने यो चलचित्रले अन्य केहि अन्तराष्ट्रिय महोत्सवहरुमा समेत सहभागिता जनाएको छ ।

नेपाल अमेरिका इन्टरनेशनल फिल्म फेस्टिभल २०२२ मा ‘बेस्ट लङ्ग न्यारेटिभ फिल्म’ बनेको थियो भने फ्लिकर रोड आईल्याण्ड इन्टरनेशनल फिल्म फेस्टिभल २०२२ मा सेमी फाईनल सम्म पुगेको थियो । त्यस्तै, युकेको कार्माथान बे फिल्म फेस्टिभल २०२२ मा अफिसियल सेलेक्सन भएको थियो । महेश त्रिपाठी र बिनिता थापामगरको प्रमुख अभिनय गरेको यस चलचित्रका लेखक, निर्देशक तथा सम्पादक विक्रम सापकोटा हुन् । यसमा विप्लव प्रतीक र आकाश बरालले सह-लेखन गरेका छन् । महेश र बिनिताको साथमा शारदा गिरी, रोशनी कार्की, पशुपति राई, उमेश तामाङ्ग, विद्या कार्की, प्रकाश दाहाल, बिष्णुभक्त अधिकारी, दीपक क्षेत्री लगायतको अभिनय रहेको छ । यसमा ब्रुनो भ्यालेन्टीको ओरिजिनल म्यूजिक रहेको छ भने प्रोडक्सन साउण्ड ज्योती रानाको रहेको छ । कलरिस्ट लियोनार्डो क्यान्डियन हुन् । काठमाडौँ उपत्यकामा जिजिए ग्रुपले वितरण गर्ने यो चलचित्रको एफडी कम्पनीले वितरण गर्नेछ । ‘खल्ती डिजिटल वालेट’ टिकेटिङ्ग पार्टनरको रुपमा रहेको छ भने कम्युनिटी पार्टनर ‘नेपाली पात्रो’ रहेको छ ।

अगाडिकाे पाेस्ट

इटहरीका रिजन डाँगी ‘द भ्वाइस अफ किड्स-२’ को सेमिफाइनलमा प्रवेश

अर्काे पाेस्ट

सुन्दरी अभिनेत्री आँचल शर्मा (तस्विर)

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने
कलिउड न्युज

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

✍ परिकला न्यूज
बैशाख २१, २०८३ मा प्रकाशित
0

...

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’
कलिउड न्युज

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

✍ परिकला न्यूज
बैशाख २०, २०८३ मा प्रकाशित
0

...

‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

बैशाख १८, २०८३ मा प्रकाशित
कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

बैशाख १८, २०८३ मा प्रकाशित
रोल नं १ को मार्मिक टिजर: गाँस काटेर छोरा पढाउने बाबुको पीडा

रोल नं १ को मार्मिक टिजर: गाँस काटेर छोरा पढाउने बाबुको पीडा

बैशाख १७, २०८३ मा प्रकाशित
विपीन र केकीको गाउँले प्रेमकथा झल्काउँदै फिल्म ‘काजी’को पहिलो गीत सार्वजनिक

विपीन र केकीको गाउँले प्रेमकथा झल्काउँदै फिल्म ‘काजी’को पहिलो गीत सार्वजनिक

बैशाख १७, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

बैशाख २१, २०८३ मा प्रकाशित
भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

बैशाख २०, २०८३ मा प्रकाशित
‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

बैशाख १८, २०८३ मा प्रकाशित
कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

बैशाख १८, २०८३ मा प्रकाशित
करुणाको जन्मदिनको माहौलमा ‘ज्यू ज्यू सोल्टी’ भन्दै महानायकसँग रोमान्स

करुणाको जन्मदिनको माहौलमा ‘ज्यू ज्यू सोल्टी’ भन्दै महानायकसँग रोमान्स

बैशाख १८, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana