इटहरी/आशुतोषध्वज कार्कीको डेब्यू निर्देशन रहेको ‘जम्प’ अनि इओन लिम्बु र सिमोन गिरीको डेब्यु फिल्म ‘दुई कदम’ आज शुक्रबारबाट सार्वजनिक रुपमा प्रदर्शनमा आएका छन् । फिल्म ‘दुई कदम’लाई उदय सुब्बाले निर्देशन गरेका हुन् ।
चलचित्र ‘दुई कदम’ पारिवारिक प्रेम कथामा आधारित छ भने उता अर्को चलचित्र ‘जम्प’ बनिरहेको भन्दा भिन्न कथामा आधारित छ । दुई फरक विधामा आधारित चलचित्रले दर्शकको साथ् पाउने विश्वास निर्माण पक्षको छ ।
चलचित्र ‘जम्प’मा सरोज श्रेष्ठ, बिनिता थापामगर, सन्देश शाक्य, सगुन तामाङ, मन्जिल जिसी, शंकर महर्जन, एन्जेलिका खत्री, अरोष्मा रन्जित, प्रज्वल खँडेल, सुदिप भुषाल, इलिस विष्ट तथा रितेश राजकर्णिकारको अभिनय रहेको छ । साइको थ्रिलर फिल्म ‘जम्प’ को कथा निर्देशक कार्कीले नै लेखेका हुन्।
फिल्म ‘दुई कदम’ मा भने मुख्य नयाँ अभिनेता तथा अभिनेत्री इओन र सिमोनको साथमा सुनिल थापा, कविता आले, सुरवीर पण्डित, प्रेम सुब्बा, गौरव पहारी, बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बू लगायतक कलाकारले अभिनय गरेका छन् ।
Discussion about this post