इटहरी/सुरज सुनुवारको निर्देशनमा बन्ने फिल्म ‘खजुरे ब्रो’ को औपचारिक घोषणा गरिएको छ । फिल्म युनिटले बंगलामुखी मन्दिर पुगेर चलचित्रको शुभ साइत गर्दै फिल्म बनाउने घोषणा गरिएका छन् । दिब्य दृश्य इन्टरटेन्टमेन्टको ब्यानरमा बन्ने यस चलचित्रमा निर्देशन सुरज सुनुवारकै लेखन रहेको छ ।
८ बर्ष अघि फिल्म ‘षडङ्ग’को निर्देशन गरेका सुनुवारले फिल्म ‘खजुरे ब्रो’बाट कमब्याक गर्ने भएका छन् । कमेडी जनरामा बन्ने यस फिल्मले अहिलेको दर्शकहरुको चाहना अनुसार पूर्ण मनोरंजन दिने उदेश्यका साथ फिल्म निर्माण गर्न लागेको कलाकार तथा निर्माता नबीन मानन्धरले बताए।
नबीन मानन्धर र सुरज सुनुवारले निर्माण गर्ने चलचित्रका कार्यकारी निर्माता डायमण्ड उप्रेती हुन्। शिशिर बिसंखेले छायाँकन गर्ने चलचित्र माघ पहिलो साताबाट फ्लोरमा जानेछ। चलचित्रको छायांकन इटहरी,धरान,दार्जलिंग र काठमाडौँमा हुनेछ।
चलचित्रमा अभिनय गर्ने कलाकार तथा अन्य प्राविधिकहरुको नाम भने निर्माण टिमले गोप्य नै राखेको छ। चलचित्रमा अनमोल गुरुङको संगीत रहनेछ। प्रकाश भुजेल युनिट प्रोडक्सन मेनेजर तथा प्रदीप भण्डारी लाइन प्रोडुसर रहेका छन्।
Discussion about this post