इटहरी/निर्देशक उपेन्द्र सुब्बा निर्देशित फिल्म ‘मनसरा’को पोस्टर सार्वजनिक गर्दै फिल्मको रिलिज मिति घोषणा गरिएको छ । यस फिल्ममा पछिल्लो समय रुचाएका दयाहाङ राई तथा मिरुना मगरको जोडीको अभिनय रहेको छ । सिनेमामा मनसरा पात्रको शीर्ष भूमिकामा देखिने मिरुनाको एकल फोटो सार्वजनिक गरिएको छ ।
निर्माण कम्पनी कबड्डी फिल्मस्ले अभिनेत्री मिरुनाको एकल पोस्टर सार्वजनिक गर्दै आगामी वर्षको वैशाख २१ गते रिलिज मिति घोषणा गरेको हो । सिनेमामा मिरुना र दयाका अलावा प्रविण खतिवडा, मेनुका प्रधान तथा हेमन्त बुढाथोकीको अभिनय रहेको छ। निर्देशक सुब्बाकै लेखन रहेको सिनेमाका निर्माता छायाँकार शैलेन्द्र ध्वज कार्की हुन् ।
यस्तै, विष्ण कुमार लिम्बु मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ हुन् । सिनेमामा निमेश श्रेष्ठको समपादन, अर्जुन कार्कीको रंग संयोजनको साथमा श्रवल राज पाण्डेको साउण्ड डिजाइन रहेको छ भने मानाहाङ लावती, मनिक शंखर र सुभम चाम्लिङ राईको संयूक्त कला निर्देशन रहनेछ । त्यसैगरी सिजन दाहाल कार्यकारी निर्माता रहेको सिनेमामा किरण चाम्लिङ राई मुख्य सहायक निर्देशकका रुपमा रहनेछन् ।
Discussion about this post