इटहरी/रुपेश तामाङको निर्देशन तथा नायिका पूजा शर्माको मुख्य भूमिका रहेको फिल्म ‘दान्भी’को टिजर सार्वजनिक गरिएको छ । लभ स्टोरी फिल्ममा जमिरहेकी नायिका पूजाको शर्माको एक्सन अवतारले उनका फ्यानलाई उत्साहित बनाउने देखिएको छ । टिजरमा पूजासँगै नायक कुन्साङ बोमजन पनि प्रतुत छन् ।
पवन रानामगर कार्यकारी निर्माता रहेको यो फिल्ममा देव मगर, अनुप गडालको लगानी छ । फिल्ममा कमला लिम्बु, पन्च बहादुर तामाङ, श्रवण कुमार श्रेष्ठ सह–निर्माता हुन् । यो फिल्ममा संजोग रानाको संवाद, हरि लामा ‘घले’को छायांकन, बन्दे प्रसादको सम्पादन, अर्जुन पोखरेल, नागेश जोशी, केदार राज नेपालीको संगीत, कविराज गहतराज र राहुल बराइलीको कोरियोग्राफी, श्री श्रेष्ठको एक्सन छ ।
नवराज शर्मा मुख्य सहायक निर्देशक रहेको फिल्मका प्रोडक्शन हेड नेत्र विष्ट हुन् । सत्यम रानाको भीएफक्स रहेको यो फिल्मले नेपाली फिल्म क्षेत्रमा एक्सनमा नयाँ शैली भित्र्याउने अपेक्षा गरिएको छ । फिल्मको प्रदर्शन मिति न खुलाइएपनि २०२४ मा सार्वजनिक गर्ने निर्माणपक्षले तयारी गरेको छ ।
Discussion about this post