इटहरी/ नेपाली फिल्म क्षेत्रका लोकप्रिय नायक पल शाह आफ्नो धमाकेदार कम्ब्याक र फिल्मको सुटीङ्ग तथा अनुबन्ध जस्ता कुराले चर्चामा बटुली रहेको बेला आफ्नी बहिनि रोशनी शाहको हल्दी र मेहन्दीको फोटो सार्वजनिक गरेका छन् । नायक शाहले आफ्नो फेसबुक आईडीमा बहिनिसँगैको तस्बिर सार्वजनिक गदै ‘बधाई छ मेरो बैनीलाई नयाँ सुरुवातको लागि !! हामी तिमीलाई माया गर्छौ’ लेखेका छन् ।
बिबाह अगाडी हल्दी र मेहन्दी कार्यक्रम गर्ने र फोटो सुट गराउने अहिलेको परम्परा भन्दा पनि फेसन बनेको छ । सार्वजनिक तस्बिरमा शाहले आफ्नी बहिनीलाई हल्दी लगाईदिदै गरेको र अंगालो हालेर मायाको साथ आशिष पनि दिएको देख्न सकिन्छ । एउटा दिदि बहिनिलाई आफनो दाजुभाईको साथ, माया र आशिर्बाद भन्दा ठुलो उपहार के नै हुन्छ र ?
फिल्म र काममा ब्यस्त हुदा पनि आफ्नो परिवाको लागि समय दिनुपर्छ भन्ने शाहको यस पोस्टले प्रस्ट वर्णन गर्छ । दुवैले पहेलो रंगका लुगा लगाएका छन् । नायक शाहले पहेलो कुर्तामा सेतो सुरुवाल म्याच गरेका छन् भने रोशानिले पहेलो सारी चोलो लगाएकी छन । तस्बिरमा दुवै अतिनै सुन्दर देखिएका छन् भने खुसि र आनन्द उतिकै झल्किएको छ ।
Discussion about this post