इटहरी/ नेपाली फिल्म क्षेत्रकी लोकप्रिय नायिका रेखा थापा अहिले आफ्नो प्रेग्नेन्सिलाई लिएर चर्चामा छिन् । यसै बीच नायिका थापाले आफ्नो गर्भमा रहेको पहिलो सन्तान जन्माउन अमेरिका उडेकी हुन् । उनले अमेरिका उड्नु अघि बेबि बम्पका केहि तस्वीर सार्वजनिक गरेकी छन् । साधारण मानिस होस् या सेलिब्रेटी भबिस्य खोज्न र सन्तान जन्माउन देश बाहिर जाने क्रम उतिकै जारी नै छ ।
रेखाले अमेरिका जानुअघि काठमाण्डौमा बेबि बम्पको फोटो सुट गराएकि हुन् । सार्वजनिक तस्बिरमा उनि पति बलराम शाहीसगै देखिएकी छन्, दुवैले सेतो रंगका लुगा लगाएका छन् भने नायिका थापाले कालो बुट्टा भएको सेतो सारीमा चोलो लगाएकी छन भने ठिक्क पेटको भागमा परेको सारीमा बेबीको बुट्टा राखेकी छिन् । तस्बिरमा दुवै अतिनै सुन्दर देखिएका छन् भने खुसि र आनन्द उतिकै झल्किएको छ ।
अभिनय होस् या अभिव्यक्ति दुबैले सबैको माझ आफ्नो बेग्लै नाम र पहिचान बनाएकी थापाले फेरी आमा बन्न लाग्दाको खुसि र अनुभूति बेबी बम्पको फोटो सुट गराएर तस्बिर सार्वजनिक गर्दै झ्ल्काएकि छन् । सार्वजनिक फोटोमा सोनाम सुब्बा लिम्बुको ड्रेस, गहना-रुकुस संग्रह, मेकअप र कपालको काम ज्योति लिम्बुले गरेकी हुन् । फिल्म क्रु नेपाल स्टुडियोमा सुरज धामीको फोटोग्राफि रहेको छ ।
Discussion about this post