इटहरी/गायक सुशान्त के.सी.को नयाँ सांगीतिक कोसेली ‘झ्याल बाट’ पुन:सार्वजनिक भएको छ । सेण्टिमेण्टल तथा मायालु भावको यस गीतलाई गायक के.सी. आफैले कम्पोज गरेका हुन् । ओम्निफोनिक्स स्टुडियोमा रेकर्ड ‘झ्याल बाट बोलको गीतलाई सास्वत श्रेष्ठले मिक्सिङ्ग, मास्टरिङ्ग तथा निर्माण गरेका छन् ।
अनुमति नलिई नेपाल प्रहरीको पोशाक प्रयोग गरिएको र सो कार्य गलत भएपछी सो भिडियोलाई डिलेट नगरेर प्राईभेटमा राखिएको थियो । अहिले नेपाल प्रहरी बाट अनुमति लिईएपछि पुन: भिडियो युट्युबमा आएको सुशान्तले भिडियोको कमेन्टमा ‘नेपाल प्रहरीको स्वीकृतिको लागि हामीले कुन भाग सम्पादन गर्नुपर्यो अनुमान लगाउन सक्नुहुन्छ?’ भनेर प्रश्न गरेका छन
यस गीतलाई निभाल बज्राचार्यले निर्दशन गरका छन् भने उनलाई निर्देशनमा समिरले साथ दिएका हुन् । यस गीतको लेखक तथा सम्पादकको कार्य पनि निर्देशक बज्राचार्यले नै सम्भालेका छन् । काव्या थापाको शृंगारमा मेकअप सहायकको रुपमा सोनाली थापा रहेकी छिन ।
म्युजिक भिडियोमा उपासना सिंह ठकुरी, सुशान्त केसी, शंकर पराजुली र निभाल बज्राचार्यको मुख्य अभिनय रहेको छ भने रोशन अर्याल, अमर न्यौपाने, टासी लामा, महेश जी एम, सुदिप पोखरेल, अविनाश जी एम र भरत जी एमले भिडियो अभिनयमा साथ दिएका छन् । सार्वजनिक ‘झ्याल बाट’ बोलको गीत भिडियो यस्तो रहेको छ ।
–
Discussion about this post