इटहरी/सम्राट बस्नेतको निर्देशनमा निर्माण हुने सिनेमा ‘कङ्गारु’मा कलाकारको लानअप बलियो बन्दै गएको छ । सिनेमा ‘लाखे’लाई एक्सन जनरामा निर्माण गरेका बस्नेतले फिल्म ‘कङ्गारु’ सस्पेन्स, थ्रीलर र कमेडी जनरामा निर्माण हुने बताए । फिल्म ‘कङ्गारु’मा केदार घिमिरे ‘माग्ने बुढा’पछि सिनेमाको अर्को मुख्ख पात्रमा अर्पण थापा पनि अनुबन्धित भएका छन् ।
राजिव गुरुङ ‘दीपक मनाङ्गे’को प्रस्तुतिमा बन्ने सिनेमामा अभिनेता थापा र सिनेमाको निर्माण पक्षबिच आज औपचारिक रूपमा सम्झौता भएको हो । राजिव गुरुङ ‘दीपक मनाङ्गे’को प्रस्तुतिमा बन्ने सिनेमामा केही दिन अघि कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ अनुबन्धित भएका थिए ।
हास्यकलाकारका रुपमा चिनिएका केदार घिमिरे ‘माग्ने बुढा’ सम्राट बस्नेतको आगामी फिल्म ‘कंगारु’ मा काम गर्न राजी भए संगै घिमिरे र निर्माण टिमले औपचारिक रुपमा सम्झौता गरेका छन् । अभिनेता घिमिरेले यो चलचित्रमा काम गर्नको लागि सम्झौता गर्न पाउँदा निकै उत्साहित भएको बताए । कलाकार घिमिरे ‘छक्का पञ्जा’ टिम बाहेकको ब्यानरमा दोस्रो पटक काम गर्न लागेका हुन् ।
फुलमुन मोसन पिक्चर्स र उत्तरगया म्युजिक एन्ड फिल्मसँग आस्याप इन्टरटेन्मेन्टको सहकार्यमा सिनेमा निर्माण हुन लागेको हो । सिनेमामा प्रेम थापा, धन बहादुर गुरुङ र लक्ष्मी राई निर्माताको रुपमा छन् । भने सिनेमाको सह-निर्मातामा रोनिश बहादुर बस्नेत छन् ।
टीका भण्डारी र सन्तोष अधिकारी कार्यकारी निर्माता रहेको सिनेमाको लाइन प्रोड्यूसरमा आस्याप इन्टरटेन्मेन्ट अष्ट्रेलीया रहेको छ । निर्देशक बस्नेतले कंगारुमा केही फरक कथा भन्न मन लागेको र दर्शकले फरक स्वादमा हेर्न पाउने बताएका छन् । सिनेमामा सीमा गुरुङको कथा, प्रोडक्सन डिजाइनर दिलीप पन्त र महेश दवाडीको पटकथा छ । सिनेमा निर्माणमा लक्ष्मी ज्वेलर्स यूकेले पनि सहकार्य गरेको छ ।
Discussion about this post