Monday, April 20, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

प्रतिष्ठित अवार्ड ‘बाफ्टा’मा ‘गोर्खा वारियर’, हलिउडका ठुला फिल्मसंग प्रतिष्पर्धा

✍ सुवास संकल्प
मंसिर २६, २०८० मा प्रकाशित
प्रतिष्ठित अवार्ड ‘बाफ्टा’मा ‘गोर्खा वारियर’, हलिउडका ठुला फिल्मसंग प्रतिष्पर्धा

इटहरी/ ओस्कार फिल्म अवार्ड पछीको प्रतिष्ठित मानिने ब्रीटिस एकेडेमी फिल्म एण्ड टेलिभिजन अवार्ड ‘बाफ्टा’ मा नेपाली फिल्मले प्रतिष्पर्धा गर्ने अवसर पाएको छ । बेलायतमा हलिउड फिल्महरु प्रिमियर हुने आइम्याक्स सिनेवर्ल्डमा प्रिमियर भएर नेपाली फिल्मको स्तर वृद्धि गर्न सफल ‘गोर्खा वारियर’ फिल्मले यो अवार्डमा प्रतिष्पर्धा गरिरहेको हो । यो अवार्डको उत्कृष्ट ५ नोमिनेसनमा पुग्न विभिन्न चरणहरु पार गर्नुपर्ने हुन्छ । यसको इन्ट्री लेभलमा प्रवेश गर्नु नै ठूलो कुरा मानिने गोर्खा वारियर फिल्मका निर्देशक मिलन चाम्सले बताए ।

उनका अनुसार इन्ट्री लेभल पार गरेपछी गोर्खा वारियरले स्टेज वान, जुरिले हेर्ने स्टेज दुई चरण पार गर्दै अहिले नोमिनेसनको लागी प्रतिष्पर्धा गरिरहेको छ । यो स्थानमा पुग्नु नै नेपाली फिल्म र आफ्नो लागी ठूलो कुरा र जित सरह भएको निर्देशक चाम्सको भनाई छ । प्रतिष्ठित बाफ्टा अवार्डमा पहिलो पटक नेपाली फिल्मले यो सानदार उपस्थिति जनाएको हो ।

गोर्खा वारियरले हलिउडका प्रसिद्ध फिल्महरु गार्डियन्स अफ द ग्यालेक्सी भोल्युम ३, हार्ट अफ स्टोन, द स्केपर, बार्बी, मिसन इम्पोसिबल डेड रिकोनीङ पार्ट वान, इन्डियाना जोन्स एण्ड डायल अफ डेस्टीनि, जोन विक च्याप्टर ४, ड इक्युलाइजर ३ जस्ता फिल्मसँग प्रतिष्पर्धा गरिरहेको छ । यो फिल्म गोर्खा वारियर बाफ्टा अवार्डमा ‘नट इन् अ इंगलिस ल्याङ्ग्वेज’ अन्तर्गत पहिलोचरणमा प्रवेश पाएको हो । बेलायतमा प्रिमियरसंगै बेलायती प्रधानमन्त्री ऋषी सुनकले फिल्मका लागी दिएको शुभकामना, प्रिमियरमा ब्रीटिस गोर्खाका उच्चस्तरीय सैनिकको उपस्थिति, अन्तर्राष्ट्रिय मिडियामा गोर्खा वारियरको चर्चा लगायतका कुराहरूका कारण गोर्खा वारियरले नेपाली फिल्मको इतिहासमा एक नयाँ रेकर्ड कायम गरेको छ ।

जसमा अब यो अवर्डमा सहभागीताले पनि नयाँ रेकर्ड कायम गरेको छ । गोर्खा वारियर निर्देशक चाम्सका अनुसार पहिलोचरणमा फिल्म हेरिएपछि ‘लङलिस्ट’ सार्वजनिक हुन्छ । त्यसपछि पुनः ती फिल्म मार्फत उत्कृष्ट पाँचको घोषणा गरिन्छ । अर्थात् अहिले गोर्ख वारियर यो अवार्ड प्रतिष्पर्धाको पहिलो चरणमा रहेको छ । गएको वर्ष यो फिल्म अवार्डमा बलिउड फिल्म ‘आरआरआर’ र ‘गंगुवाई कठियावाडी’ले पनि प्रवेश पाएको थियो ।

पहिलो चरणमा प्रवेश पाएको यी फिल्महरु त्यहीँबाट बाहिरिएको थियो । तर, भारतिय मिडियामा निकै ठुलो चर्चा भएको थियो । लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भेको यो फिल्म गोर्खा वारियरमा रितेश चाम्स, विजय लामा, रेविक गुरुङ, रियर राई, शिशिर बाङदेल, कविता आले, बिरुप घले, सारा राई लगायत कलाकारहरूको अभिनय रहेको छ भने फिल्मको निर्मातामा सुमन राई र सुस्मिता वाइवा, कार्यकारी निर्मातामा प्रशान्त थापा र सह-निर्मातामा सुरेश राई रहेका छन् ।

अगाडिकाे पाेस्ट

फिल्म ‘दुई कदम’को सेन्सर पास

अर्काे पाेस्ट

केदार घिमिरे ‘माग्नेबुढा’पछि फिल्म ‘कंगारु’ मा अर्पण थापाको इन्ट्री

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने
कलिउड न्युज

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

✍ परिकला न्यूज
बैशाख ६, २०८३ मा प्रकाशित
0

...

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड
इभेन्ट

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

✍ परिकला न्यूज
बैशाख ६, २०८३ मा प्रकाशित
0

...

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित
‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित
‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana