इटहरी/फिल्म निर्देशक निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्का ‘दिमाग खराब’ को प्रचार प्रसारका लागि अष्ट्रेलिया पुगेका हुन् । नेपालमा ‘दिमाग खराब’को सफलतापछि निश्चल बस्नेत दम्पती अष्ट्रेलियामा पनि फिल्म प्रदर्शनका लागि पुगेका हुन् । त्यहाँ आयोजित शोमा उनीहरु सहभागि छन् । अष्ट्रेलिया पुगेकी स्वस्तिमाले यतिबेला आफ्ना तस्बिरहरु सामाजिक सञ्जाल इन्स्टाग्राममा सार्वनजिक गरिरहेकी छिन् ।
विशेषगरी इन्स्टाग्राममा स्वस्तिमाले सिड्नी बिचमा रमाइरहेको भिडियो र तस्बिर पोस्ट गरेकी छन् । सार्वजनिक तस्बिरमा बिकिनीसहित सेतो र हरियो स्ट्रिपको ड्रेसमा देखिएको छिन् । अष्ट्रेलिया पुगेकी स्वस्तिमाले अष्ट्रेलियाको गर्मी छल्दै सिड्नीको समुन्द्री तटमा रमाइरहेकि छिन । भने नेपालमा चिसो दिन दिनै बढने क्रम जारि नै छ ।
नेपालमा ‘दिमाग खराब’ को सफलतापछि उनीहरु अष्ट्रेलियामा यो फिल्ममा स्वस्तिमाको शीर्ष भूमिका छ जहाँ उनले एक ग्रामिण गृहणीको भूमिका निर्वाह गरेकी छन् । दशैं पछिको समयमा निकै ब्यस्त रहेकी अभिनेत्री खड्का भष्मे डन’पछि रिलिज भएको ‘दिमाग खराब’ले उनको ब्यस्तता ह्वात्तै बढायो ।
फिल्ममा खगेन्द्रसहित दयाहाङ राई, स्वस्तिमा खड्का, अपर्ण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जन, धीरज भट्ट, राहुल सिवाकोटी, नविन खड्कालगायतको पनि अभिनय छ ।
Discussion about this post