इटहरी/ सफल हुने ब्याक्ती विवादित र आलोचित पनि हुन्छन् भन्ने एउटा ज्वलन्त उदाहरण बन्दै गैरहेका छन् गायक तथा अभिनेता प्रकाश सपूत । उनी हिट छन्, उत्तिकै आलोचित पनि बनिरहन्छन् । केही समयअघि जाले रुमाल फाट्योमा आलोचना खेपेका सपूत अहिले पुनः आलोचनामा तानिएका छन् । केहि समयअघि छायांकन गरिएको एक म्युजिक भिडियोको क्लिपका कारण उनी आलोचित बनेका हुन् ।
सामाजिक संजालमा भाईरल उक्त क्लिपमा सपूत एक इनारमाथी नाचिरहेका छन् । इनारमा नाच्दैमा आलोचित त हुन नपर्ने हो । तर, उक्त इनार जीवित देवी ‘कुमारी’ले प्रयोग गर्ने इनार भएकाले उनी आलोचित बनेका हुन् । आलोचित मात्रै हैन सपुतमाथी नेवाः सभ्यता र संस्कृतिको अपमान गरेको समेत आरोप लागेको छ ।
काठमाडौको वसन्तपुरस्थित कुमारी घरनजिकै रहेको उक्त इनारमा नाचेको सो भिडियो क्लिप अहिलेको भने हैन । करिब चार महिनाअघि ‘कमाउने नि हो, रमाउने नि हो’ भन्ने बोलको गीतको सुटिङको बेलाको क्लिप हो । निर्माण युनिटभन्दा बाहिर सुटिङ हेर्न आउने दर्शकले उक्त भिडियो क्लिप खिचेको बुझ्न सकिन्छ ।
सो गीत सार्वजनिक भएर पनि हिट भैसकेको अवस्थाम उक्त क्लिप भाईरल भएको हो । क्लिप भाईरल भएपनी म्युजिक भिडियोमा भने इनार देखाईएको छैन् । यता सपुतले पनि एक मिडियामा आफ्नो स्पष्टीकरण दिदैँ गल्ती स्वीकार गरेका छन् । उनले आफू त्यहाँ कलाकरको रुपमा मात्रै उपस्थित भएको र सो कार्य निर्देशक तथा कोरियोग्राफरको अनुरोधमा भएको बताए । तर, यसो भन्दै गर्दा आफू पन्छिन नहुने उनको भनाई छ । सपुतले माफी मागेका छन् ।
Discussion about this post