इटहरी/ फिल्म ‘रिमै’ बन्ने भएको छ । कबड्डिको पहिलो शृङ्खलामा अभिनय गरेर हिट भएको दयाहाङ राई र रिस्मा गुरुङको जोडि यो फिल्मबाट दोहोरिने भएको हो । कबड्डिमा दयाहाङलाई ‘काजी’ र रिस्मालाई ‘मैयाँ’ उपनामले प्रस्तुत गराईएको थियो । यो जोडि ८ वर्षपछि एकसाथ फिल्ममा दोहिरिने भएको हो ।
यी २ संगै फिल्म ‘रिमै’मा विरबल घलेको मुख्य भूमिका रहनेछ । गोरख सिरानचोक एन्ड लिगलिग कोट फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुन लागेको यो फिल्मलाई ‘मन्त्र’ फिल्म निर्देशन गरेका खिल बहादुर गुरुङले निर्देशन गर्नेछन् ।
रिमैको उपेन्द्र सुब्बा पटकथा लेखक हुन् भने कथा निर्देशक गुरुङ र अभिनेता घलेले लेखेका हुन् । चैतदेखी छायांकनमा जाने तय भएको फिल्मको टिका गुरुङ, जित यात्री गुरुङ, सचिकुमारी घले कार्यकारी निर्माता हुन् । फिल्ममा दुनबहादुर घले, हेमा गुरुङ र विजय लामा सह-निर्माताका रूपमा रहेका छन् ।
Discussion about this post