इटहरी/ उदय सुब्बा निर्देशित फिल्म ‘दुई कदम’ ट्रेलर बुधबार सार्वजनिक गरिएको छ । यो फिल्म यहि मङ्सिरको २९ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । सार्वजनिक २ मिनेट लामो ट्रेलरमा नयाँ पुस्ताका युवाहरूको प्रेमकथा, एक्सन एवम् लिम्बु संस्कृति देखाइएको छ । फिल्ममा इओन लिम्बु, सिमोन गिरी, सुनिल थापा, कविता आले, सुरवीर पण्डित, प्रेम सुब्बा र गौरव पहारी, बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बु, जीवन लिम्बु, चन्दा दाहाल र प्रीतिका शर्माको अभिनय रहेको छ । हेर्नुस ट्रेलर
प्रमुख भुमिकामा देखिएका इओन र सिमोस यसै फिल्मबाट नेपाली फिल्मी अभिनेता अभिनेत्रीको रुपमा डेब्यु गर्दैछन् । अजम्बरी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मको एक गीतमा विल्सन विक्रम राई, वर्षा सिवाकोटी र गीता ढुंगानाले पनि नृत्य गरेका छन् । यो फिल्मलाई कोशी प्रदेशको धनकुटा, तेह्रथुमको वसन्तपुर, इलाम, झापा र धरानमा छायांकन गरिएको थियो । तारा देवी लिम्बु निर्माता रहेको फिल्मको कथा तथा पटकथा लेखन दयाराम घिमिरेले गरेका हुन् । यो फिल्म दुई कदमको एक गीतको भिडियोलाई मुस्ताङमा छायांकन गरिएको थियो ।
Discussion about this post