इटहरी/गत शुक्रबार ललितपुरको बंगलामुखी मन्दिरमा शुभ–मुहूर्त भएको सुयोग गुरुङको निर्देशनमा तयार हुने फिल्म ‘फर्फी फर्की’को छायाङ्कन पोखराको लेकसाइटबाट सुरु भएको छ । पोखरामा यो फिल्मलाई २५ दिने खिच्ने सेड्यूल छ । पहिलो दिन अभिनेता अनमोल केसीको दृश्य खिचि फिल्म छायांकन तर्फ लागेको छ ।
रोहित अधिकारी र ओम अग्रवालको निर्माणमा तयार हुने यस फिल्ममा मुख्य कलाकारहरु अनमोल केसी, जसिता गुरुङ, रवी काफ्ले, समृद्धी अर्याल, कृष्ण मल्ल, निर्मल शर्मा, विन्दा खतिवडा, आशिक गुरुङ, माओत्से गुरुङ, रुस्का वैद्य, अर्नव घिमिरे, प्रेम पाण्डे लगायतका कलाकारको मुख्य भूमिका रहेनछ ।
फिल्मलाई पोखरासँग मुस्ताङ, अन्नपूर्ण बेस क्याम्प, काठमाडौं र इन्डोनेसियाको बालीमा खिचिने छ । प्रेमकथामा बन्न लागेको फिल्ममा अनमोल केसी र जसिता गुरुङ पहिलो पटक एकसाथ देखिदै छन् । यो फिल्ममा मनोज वली र राजु न्यौपाने सह–निर्माताको रुपमा छन् भने अनिरुद्र गिरी फिल्मका कार्यकारी निर्माता हुन् ।
फिल्ममा नरेन्द्र मैनालीको डीओपी, अष्ट महर्जनको एक्सन, सुयोग गुरुङको कथा तथा पटकथा, रोमन बज्राचार्य, नरेन लिम्बु र अनमोल गुरुङको संगीत, किरण थापाको कोरियोग्राफी, निमेष श्रेष्ठको सम्पादन रहनेछ । यो फिल्मका प्रोडक्शन हेड शंकर पाण्डे हुन् ।
Discussion about this post