इटहरी/ अमेरिकन प्रोडक्शन हाउस मुभिज इन्फिनिटी क्रियशनको निर्माण रहेको सर्ट फिल्म ‘उडान’को दोस्रो टिजर सार्वजनिक गरिएको छ । अमेरिकामा रहँदै आएका निरन्जनले यो सर्ट फिल्मको निर्देशन तथा सम्पादन गरेका हुन् । फिल्ममा अर्जुन देब्सन, विना श्रेष्ठ, गोर्विएल डेवान, रोनिन मोलास्ची, जोन हेर्जलर, युवराज थापा, ओमार कासाराज, राजु गिलानीको मुख्य भूमिका छ ।
यो फिल्ममा प्रविशा अधिकारी र सनुप पौडेलको स्वर, सुरेश राईको शब्द तथा संगीत रहेको ५ मिनेटको गीत समेत समावेश छ । यो फिल्म सर्ट क्रिसमसको समयमा युट्युबमा रिलिज निर्देशक पाण्डेले बताए । यो फिल्मले अमेरिकामा रहँदै आएका नेपाली यूवा–यूवती र अमेरिकन युवाको प्रेम कथालाई प्रस्तुत गरेको छ भने यस म्युजिकल सर्ट फिल्ममा त्रिकोणात्मक प्रेम कथालाई उतारिएको निर्माणपक्षले बताएको छ ।
विगत १० बर्षदेखि ४ सय बढी म्युजिक भिडियो, वृत्तचित्र र सर्ट फिल्म खिच्दै आइरहेका बलराम बुढाथोकीले ‘उडान’लाई पनि खिचेका छन् । यस फिल्मलाई एमाजोन प्राइमबाट रिलिज गर्ने र अन्तराष्ट्रिय फिल्मी महोत्सवमा लैजाने तयारी समेत भइरहेको निर्देशक पाण्डेले जानकारी दिए । हेर्नुहोस् टीजर ।
Discussion about this post