इटहरी/ मंसिरको २९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘दुई कदम’को ‘काग भन्दा कोइली चलाख’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा प्रताप दास र मेलिना राईको स्वर, डीपी खनालको शब्द र विकास चौधरीको संगीत छ । यस गीत भिडियोमा गौरव पहारी, इओन लिम्बु, सिमोन गिरी तथा फिल्ममा अतिथीको रुपमा देखिएका विल्सन विक्रम राइ र गीता ढुंगानाले नृत्य गरेका छन् । फिल्म ‘दुई कदम’को ‘काग भन्दा कोइली चलाख’ बोलको गीत भिडियो यस्तो बनेको छ ।
उदय सुब्बा निर्देशित फिल्ममा सुनिल थापा, कविता आले, सुरवीर पण्डित, प्रेम सुब्बा, गौरव पहारी, बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बु, जिवन लिम्बु, चन्दा दाहाल र प्रितिका शर्माको पनि अभिनय छ । दयाराम घिमिरेको कथा तथा पटकथा लेखन, विक्रम डिसीको छायांकन, ताराप्रकाश लिम्बु र विकास चौधरीको संगीत, डिपी खनालको गीत लेखन, राजु किराँतीको द्वन्द्व निर्देशन, रामजी लामिछानेको कोरियोग्राफी र प्रविन ढकालको सम्पादन रहेको छ ।
Discussion about this post