इटहरी/ मोडल तथा पत्रकार प्रकाश ढकाल कृष्ण भिरमुनी नदि किनारमा मृत फेला परेका छन् । स्याङ्जा घर भएका ढकाल तिहार सकेर राजधानी फर्किने क्रममा बेपता भएका थिए । आईतबार दिउसो धादिङ्गको बेनिघाट रोराङ्ग वडा नम्बर ७ अवस्थित कृष्ण भिरमुनी नदि किनारमा मृत अवस्थामा भेटिएका हुन् । उनलाई नदि किनारमा बोटिंग गर्नेहरुले देखेपछि प्रहरीलाई खबर गरेका थिए । यतिबेला ढकालको परिवारबाट केहि सदस्यसहित काठमाण्डौबाट कलाकार तथा संचारकर्मिको टोलि घटनास्थल पुगेको छ ।
प्रहरीले मुचुल्का उठाउने काम गरिरहेको छ । संचारकर्मी कलम सरगमका अनुसार ढकालको हत्या हो या आत्महत्या त्यो बारे प्रहरीले अनुशन्धान अगाडी बढाएको छ । घटनास्थलको अवस्था हेर्दा हत्या हुनसक्ने आशंका छ । ढकालको शव निकै गहिराईमा अड्किएको थियो । उनको शव निकालेर पोस्टमाटमको लागि काठमाणडौको टिचिंग अस्पताल पठाउने जिल्ला प्रहरी धादिङ्गले जानकारी दिएको छ ।
घटनास्थलमा रास्ट्रिय लोक तथा दोहोरि गीत प्रतिष्ठानकि केन्द्रिय अध्यक्ष तथा गायिका रिता थापा मगर, महासचिव गायक तथा शिव हमाल, गायक तथा मोडल पि.एन. सापकोटा लगायतका कलाकारहरु पुगेका थिए । आधा दर्जन बढी म्युजिक भिडियोमा मोडलिङ्ग गरेका ढकालले केहि गीत पनि लेखेका छन् भने रास्ट्रिय लोक तथा दोहोरि गीत प्रतिष्ठान यु.ए.ई. शाखाको पुर्ब सह सचिव पनि हुन् । उनि दुबईमा रहदा पनि कला बिटमा रहेर पत्रकारिता गरेका थिए । हालै पनि उनि केहि संचार माध्यममा आबद्ध थिए ।
Discussion about this post