इटहरी/फिल्म ‘पशुपति प्रसाद’को तेस्रो सिक्वेल घोषणा गरिएको छ । दसैँको मौका पारेर प्रदर्शनमा आएको फिल्मको दोस्रो सिक्वेल सफल भएपछि निर्माण युनिटले शुक्रबार काठमाडौँमा ‘पशुपति प्रसाद २’को सफलताको सेलिब्रेसन कार्यक्रम गर्दै ‘पशुपति प्रसाद ३’ निर्माणको घोषणा गरेको हो ।
दीपेन्द्र के खनालले निर्देशन सम्हाल्ने फिल्ममा खगेन्द्र लामिछानेको लेखन रहनेछ । टुकी आर्ट्सबाट रोजिना सिटौलाले फिल्मको निर्माण गर्नेछिन् । निर्देशक खनालले भने– ‘हामीले ‘पशुपति प्रसाद’मा जुन कथा सुरु गरेका थियौँ, त्यसलाई टुङ्ग्याउनुपर्छ भन्ने हाम्रो निर्कौल हो । ‘पशुपति प्रसाद’ र ‘भस्मे डन’मा छोडिएका अपुर कथाहरु ‘पशुपति प्रसाद’को तेस्रो सिक्वेलमा समेट्ने बताएका छन् ।
आगामी वर्ष छायाङ्कन गरेर त्यही वर्ष रिलिज गर्ने तयारीमा रहेको यस फिल्मले पहिलो र दोस्रो शृङ्खलाका को-को कलाकार दोहोरिन्छन् भन्ने अहिले तय नभइसकेको निर्देशक खनालले बताएका छन् ।
Discussion about this post