इटहरी/ गायिकालक्ष्मी मल्ल तथा गायक सत्य राज आचार्यको स्वरमा ‘भाग्यमानी भमरा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । नकुल ढकालको सुन्दर शब्द लेखनमा श्री कृष्ण बम मल्लले संगीत भरेका छन् । प्रिश्मा स्टुडियोमा रेकर्ड गरिएको ‘भाग्यमानी भमरा’ बोलको गीतमा सुदिप सागरको संगीत संयोजन र श्याम स्वेत रसाईलिको मिक्सिङ्ग तथा मास्टरिङ्ग रहेको छ । ‘भाग्यमानी भमरा’ बोलको म्युजिक भिडियो यस्तो छ ।
संकर बि.क.ले निर्देशन तथा कोरियोग्राफी गरेको यो गीतको म्युजिक भिडियोलाई राजेन्द्र खत्रीले निर्माण गरेक हुन् । यो भिडियोमा पुष्प खड्का र अरोना मल्लको अभिनय रहेको छ । स्मिता स्नेहा ईन्टरटेनमेन्टबाट सार्वजिनक म्युजिक भिडियोमा नवराज उप्रेतीको छायांकन तथा नबिन घर्ति मगरको सम्पादन छ । भने बिमला तामाङ्गको मेकअप रहेको छ ।
Discussion about this post