इटहरी/गायक सुमन के.सी र गायिका प्रबिशा अधिकारीको स्वरमा ‘भन्नै सक्दिन’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा सत्यराज चौलागाई रविष्णु भण्डारीको शब्द संरचनामा सरोज पोखरेलको संगीत रहेको छ । ए वन म्युजिसियन स्टुडियोमा रेकर्ड ‘भन्नै सक्दिन’ बोलको गीतमा किशोर थापाको मिक्सिङ्ग तथा मास्टरिङ्ग र उदय राज पौडेल संगीत संयोजन रहेको छ । हेर्नुहोस भिडियो ।
निकेश खड्काको निर्देशन रहेको यस म्युजिक भिडियोमा मेलिना चामलिङ्ग राई र प्रज्वल उप्रेतीको अभिनय छ । भने यस भिडियोमा सज्जा शृंगार माहि सिंहको छ । राजेन्द्र हुमागाईको छायांकन रहेको यस गीतमा बिकाश धमलाको सम्पादन रहेको छ ।
Discussion about this post