इटहरी/सम्राट बस्नेत निर्देशित फिल्म ‘चित्रा’को पहिलो गीत ‘नजरैको हाना हान’ सार्वजनिक भएको छ । यो फिल्म यहि आगामी पौष २७ गतेबाट रिलिज हुनेछ । गीतमा राजनराज सिवाकोटी र मिलन नेवारको स्वर तथा सिवाकोटीकै शब्द,संगीत रहेको छ । पोखराका विभिन्न रमणीय स्थलमा छायांकन गरिएको यस भिडियोमा फिल्मका मुख्य कलाकार सन्तोष अधिकारी र शुभेच्छा खड्कालाई फिचर्ड गरिएको छ । प्रवीण सिंहको कोरियोग्राफी रहेको भिडियोमा महेश पौडेलको छायांकन छ । हेर्नुहोस भिडियो ।
फिल्ममा सन्तोष र शुभेच्छाका साथै मेनुका प्रधान, प्रमोद अग्रहरी, अर्पण थापा, अन्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्ज्वल ढकाल, दीपेश गजुरेल र प्रकाश घिमिरे लगायतको अभिनय छ । आशिष थापा मगर निर्माता र सन्तोष अधिकारी कार्यकारी निर्माता रहेको ‘चित्रा’ मा अजय अधिकारीको कथा, मनिष गौतमको पटकथा छ । फिल्म ‘चित्रा’ सन्तोष अधिकारी फिल्मस्को ब्यानर एवं अस्याप इन्टरटेनमेन्ट नेपाल र अस्ट्रेलियाको सहकार्यमा निर्माण भएको हो ।
Discussion about this post