इटहरी/आगामी शुक्रबारबाट प्रदर्शनमा आउने बहुप्रतिपक्षत सिनेमा ‘दिमाग खराब’को अग्रीम टिकट बुकिङ खुल्ला गरिएको छ । सिनेमाको हाइपलाई हेरेर देशभरका मल्टिप्लेक्सदेखि सिंगल स्क्रिनसम्मले ‘दिमाग खराब’लाई उच्च शो दिएका हुन् । ६ वर्षपछि निर्देशनमा फर्केका निश्चल बस्नेत निर्देशित फिल्म हेर्न दर्शक उत्साहीत छन् । टिमको व्यापक प्रचार र निश्चलको कम्ब्याकको फाइदा बक्सअफिसमा देखिने विश्वास निर्माण टिमलाई छ ।
सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको सिनेमामा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अपर्ण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जन, धीरज भट्ट, राहुल सिवाकोटी, नविन खड्कालगायतको पनि अभिनय छ ।
निर्देशक निश्चल बस्नेत र भिनेत्री सुपुष्पा भट्ट पनि सिनेमाको एक गीतमा विशेष भुमिकामा देखिएका छन् । आकाश बरालको लेखन र मनोज पण्डित स्क्रिप्ट डाक्टर रहेको सिनेमा राजनीतिक विषयमा केन्द्रित रहेर निर्माण भएको हो । सिनेमामा रौनक विक्रम कडेल निर्माता र सुरज बम ठकुरी कार्यकारी निर्माताको रुपमा रहेका छन् ।
सिनेमामा सुशन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जयन के बाइबा र बाबुल गिरीको संगीत, राजकुमार उप्रेतीको द्वन्द्व निर्देशन तथा रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर छ । सिनेमालाई काठमाडौं भित्र गोविन्द शाहीको काफिया फिल्मस् र मोफसलमा मनोज राठी र उज्वल पौडेलले वि
Discussion about this post