इटहरी/ बलिउडको सार्वधिक मुनाफा कमाउने फिल्म द केरल स्टोरी बनेको छ । शाहरुख खानको जवान र शनी देओलको गदार २ लाई उछिनेको छ । सत्य घटनामा आधारित एक फिल्म ‘ द केरल स्टोरी ‘ हो । जसमा एक नारीको संघर्सको कथा तथा कस्मिरको कथा समेटिएको छ ।
दक्षिण भारतीय अभिनेत्री अदा शर्माको द केरल स्टोरीको कुल बक्स अफिस कलेक्शन ३ अर्ब ३ करोड ९७ लाख रुपैयाँ थियो । यो फिल्म बनाउन निर्माताहरुले जम्मा १५ देखि २० करोड रुपैयाँ खर्च गरेका थिए । यो हिसाबले हेर्दा केरल स्टोरीका मेकरहरुले १५ देखि २० गुणा मुनाफा कमाएका छन् ।
जहाँ शाहरुखको पठान र जवानले निर्माण खर्चभन्दा ४ गुणा बढी मुनाफा गरेको छ । भने शनी देओलको गदर २ ले बक्स अफिसमा कूल ५ अर्ब २४ करोड ७५ लाख रुपैयाँ कमायो । फिल्मको बजेट जम्मा ६० करोड रुपैयाँ थियो । अर्थात् फिल्मको मुनाफा करिब ८ देखि ९ गुणा रह्यो ।
Discussion about this post