इटहरी/गायक मेक्सम खति र गायिका अस्मिता अधिकारीको स्वरमा ‘तिम्रै लागी हो’ बोलको गीत भिडियो सार्वजनिक भएको छ । नरेश खातीको सुन्दर लेखन रहेको यस गीतमा संगीत पनि उनकै देन रहेको छ । प्रिस्म स्टुडियोमा रेकर्ड गीतमा श्यामस्वेत रसाईलीले संगीत संयोजन, मिक्सिङ्ग तथा मास्टरीङ्ग गरेका हुन् । हेर्नुहोस भिडियो ।
यस भिडियोमा माया पिरतीको बहाब, एक अर्कालाई भेट्न आएको, भखरै माया बस्दा हुने क्रियाकलापको चित्रण गरिएको छ । शिशिर खातीको निर्देशन तथा कोरियोग्राफ्मा मेक्सम खति र शिल्पा पोखरेल फिचर्ड छन् । यस म्युजिक भिडियोमा दिपु पौडेलको मेकअप, देबराज सापकोटा र नवराज रिजालले डान्स कोडीनेट गरेका हुन् । भने हरि हुमागाईको छायांकनमा मनोज कार्कीको सम्पादन रहेको छ ।
Discussion about this post