Monday, April 20, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

दयाहाङमय सिने उधोग: छायांकनदेखी हल र युट्युबमा समेत दयाकै फिल्ममा प्रतिष्पर्धा

✍ सुवास संकल्प
कार्तिक २१, २०८० मा प्रकाशित
दयाहाङमय सिने उधोग: छायांकनदेखी हल र युट्युबमा समेत दयाकै फिल्ममा प्रतिष्पर्धा

इटहरी/ यतिबेला नेपाली सिनेमा उधोग दयाहाङमय छ । अभिनेता दयाहाङ राईको पछि निर्माता निर्देशकको ताँती लागेको छ । उनको अभिनय रहने फिल्म हिट हुनेमा सबै ढुक्क छन् । त्यसैले पनि फिल्म साइन गराउदै छायांकनका लागी दयाको समय पर्खीरहेका छन् केही निर्माता निर्देशकहरु । यता फिल्म रिलिजको क्यालेन्डर हेर्यो उनकै फिल्म एकपछि अर्को प्रदर्शनमा छ । फिल्मको छायांकन सेड्युलमा पनि उनकै फिल्महरु छायांकन भैरहेका छन् । दयाको अभिनय रहने २ ओटा फिल्म यतिबेला छायांकनमा छ । ती २ ओटै फिल्म कोशी प्रदेशमा छायांकन भैरहेका छन् । इलाममा ‘अन्जिला’ र मोरङमा ‘रङ्गेली’ ।

अझ यता युट्युबमा सार्वजनिक भएका फिल्ममा समेत उनकै बाहुल्यता देखिन्छ । २ साता अघि दयाहाङ राई अभिनित फिल्म फुलबारी युट्युबमा सार्वजनिक भएको थियो भने सातादिन अघि उनकै प्रमुख अभिनय रहेको ब्लकबस्टर फिल्म कबड्डी ४ पनि युट्युबमा सार्वजनिक भएको छ । यी २ फिल्म युट्युब ट्रेन्डिङको अग्र स्थानमा छ । कबड्डि ४ पहिलो नम्बरमा छ भने फुलबारी ५ औ स्थानमा छ । यो बिचमा क्रीकेटका भिडियोहरुले ठाउँ ओगटेका छन् । नत्र, फुलबारी दोश्रो स्थानमा रहन्थ्यो । कबड्डि ४ ले हालसम्म ६० लाख भ्युज बटुलेको छ भने फुलबारीले ८१ लाख भ्युज बटुल्न सफल भएको छ ।

यता दयाकै अभिनय रहने फिल्म दिमाग खराब यहि कार्तिक २४ गते अर्थात आउने शुक्रवारदेखि तिहार विदा खाने दाउमा प्रदर्शन हुँदैछ । त्यसपछि एक महिनाको अन्तरमा उनी आफैसंग आफै जुध्दैछन् । अर्थात एकै मिति माघ २६ गते ‘हात्तिछाप’ र ‘दयारानी’ प्रदर्शन हुँदै छ भने त्यसको १ महिनापछि फागुन २५ गते ‘रङ्गेली’ र ‘लोकल हिरो’ एकसाथ प्रदर्शनमा आउँदै छ । यता यहि मितिमा अभिनेत्री रेखा थापा, पुजा शर्मा र बेनिशा हमाल अभिनित फिल्म ‘उपहार’ समेत प्रदर्शनमा आउने पक्का भएको छ । दयालाई आफुसंग जुध्नु त छदैछ, यता अर्को प्रतिष्पर्धी आउँदा झनै निद हराम हुने पक्का भएको छ ।

हुनत यसअघि पनि दयाले आफुसंग आफै जुध्नुको सकस ‘जारी’ र ‘बिहेपास’बाट भोगिसकेका छन् । जारी ब्लकबस्टर भयो भने बिहेपासले व्यापार सुखद गर्न सकेन । अब जुध्न तम्तयार यी फिल्महरुको पनि हविगत यस्तै नहोला भन्न सकिन्न । एउटा हिट अर्को औसत । यता दयासंग जोडिने अर्को नाम हो मिरुना मगर । मिरुना र दयाकै प्रमुख अभिनय रहेको छ संगै जुध्ने रङ्गेली र लोकल हिरोमा । सकस दुबैलाई नै छ । हुन त जुध्नु र जुधाइनुमा कलाकारहरुको हात हुँदैन । तर, ठूलो मर्का भने कलाकारलाई नै पर्छ । दर्शक बिभाजित हुन्छ त्यसैले पनि दुइटै जुधेका फिल्म हिट होला भन्ने पक्का हुँदैन भने प्रचारप्रसारमा समेत सकस पर्छ ।

अगाडिकाे पाेस्ट

आउँदो शुक्रवारबाट प्रदर्शन हुने फिल्म दिमाग खराब’लाई युनिभर्सल सर्टिफिकेट

अर्काे पाेस्ट

बलिउडको सार्वधिक मुनाफा कमाउने फिल्म बन्यो द केरल स्टोरी

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने
कलिउड न्युज

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

✍ परिकला न्यूज
बैशाख ६, २०८३ मा प्रकाशित
0

...

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड
इभेन्ट

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

✍ परिकला न्यूज
बैशाख ६, २०८३ मा प्रकाशित
0

...

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित
‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित
‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana