इटहरी/ यतिबेला नेपाली सिनेमा उधोग दयाहाङमय छ । अभिनेता दयाहाङ राईको पछि निर्माता निर्देशकको ताँती लागेको छ । उनको अभिनय रहने फिल्म हिट हुनेमा सबै ढुक्क छन् । त्यसैले पनि फिल्म साइन गराउदै छायांकनका लागी दयाको समय पर्खीरहेका छन् केही निर्माता निर्देशकहरु । यता फिल्म रिलिजको क्यालेन्डर हेर्यो उनकै फिल्म एकपछि अर्को प्रदर्शनमा छ । फिल्मको छायांकन सेड्युलमा पनि उनकै फिल्महरु छायांकन भैरहेका छन् । दयाको अभिनय रहने २ ओटा फिल्म यतिबेला छायांकनमा छ । ती २ ओटै फिल्म कोशी प्रदेशमा छायांकन भैरहेका छन् । इलाममा ‘अन्जिला’ र मोरङमा ‘रङ्गेली’ ।
अझ यता युट्युबमा सार्वजनिक भएका फिल्ममा समेत उनकै बाहुल्यता देखिन्छ । २ साता अघि दयाहाङ राई अभिनित फिल्म फुलबारी युट्युबमा सार्वजनिक भएको थियो भने सातादिन अघि उनकै प्रमुख अभिनय रहेको ब्लकबस्टर फिल्म कबड्डी ४ पनि युट्युबमा सार्वजनिक भएको छ । यी २ फिल्म युट्युब ट्रेन्डिङको अग्र स्थानमा छ । कबड्डि ४ पहिलो नम्बरमा छ भने फुलबारी ५ औ स्थानमा छ । यो बिचमा क्रीकेटका भिडियोहरुले ठाउँ ओगटेका छन् । नत्र, फुलबारी दोश्रो स्थानमा रहन्थ्यो । कबड्डि ४ ले हालसम्म ६० लाख भ्युज बटुलेको छ भने फुलबारीले ८१ लाख भ्युज बटुल्न सफल भएको छ ।
यता दयाकै अभिनय रहने फिल्म दिमाग खराब यहि कार्तिक २४ गते अर्थात आउने शुक्रवारदेखि तिहार विदा खाने दाउमा प्रदर्शन हुँदैछ । त्यसपछि एक महिनाको अन्तरमा उनी आफैसंग आफै जुध्दैछन् । अर्थात एकै मिति माघ २६ गते ‘हात्तिछाप’ र ‘दयारानी’ प्रदर्शन हुँदै छ भने त्यसको १ महिनापछि फागुन २५ गते ‘रङ्गेली’ र ‘लोकल हिरो’ एकसाथ प्रदर्शनमा आउँदै छ । यता यहि मितिमा अभिनेत्री रेखा थापा, पुजा शर्मा र बेनिशा हमाल अभिनित फिल्म ‘उपहार’ समेत प्रदर्शनमा आउने पक्का भएको छ । दयालाई आफुसंग जुध्नु त छदैछ, यता अर्को प्रतिष्पर्धी आउँदा झनै निद हराम हुने पक्का भएको छ ।
हुनत यसअघि पनि दयाले आफुसंग आफै जुध्नुको सकस ‘जारी’ र ‘बिहेपास’बाट भोगिसकेका छन् । जारी ब्लकबस्टर भयो भने बिहेपासले व्यापार सुखद गर्न सकेन । अब जुध्न तम्तयार यी फिल्महरुको पनि हविगत यस्तै नहोला भन्न सकिन्न । एउटा हिट अर्को औसत । यता दयासंग जोडिने अर्को नाम हो मिरुना मगर । मिरुना र दयाकै प्रमुख अभिनय रहेको छ संगै जुध्ने रङ्गेली र लोकल हिरोमा । सकस दुबैलाई नै छ । हुन त जुध्नु र जुधाइनुमा कलाकारहरुको हात हुँदैन । तर, ठूलो मर्का भने कलाकारलाई नै पर्छ । दर्शक बिभाजित हुन्छ त्यसैले पनि दुइटै जुधेका फिल्म हिट होला भन्ने पक्का हुँदैन भने प्रचारप्रसारमा समेत सकस पर्छ ।
Discussion about this post