इटहरी/ भोजपुरी तथा मैथिली म्युजिक भिडियोमा स्थापित हुँदै नेपाली म्युजिक भिडियो र सिनेमा उधोगमा आफ्नो कलालाई स्थापित गर्न लागिपरेकि मोडल तथा अभिनेत्री मेनुका माझी पछिल्लो समय एकपछी अर्को सफलतामा चुम्न लम्किरहेकी छन् । दर्जनौं म्युजिक भिडियोमा अभिनय तथा नृत्य गरेर सबैको मन जित्न सफल भएकी माझीले पछिल्लो समय आफ्नो कलाको माध्यमबाट अवार्डहरु पनि हात पारिरहेकी छन् ।
उनले हालै सम्पन्न ‘तेश्रो भरत फिल्म अवार्ड’बाट ‘उत्कृष्ट अभिनेत्रीको अवार्ड प्राप्त गरेकी छन् । पछिल्लो समय म्युजिक भिडियोसंगै स्टेज कार्यक्रमहरुमा पनि ब्यस्त बन्दै गैरहेकी माझीले मैथिली भिडियोबाट उक्त अवार्ड हात पार्न सफल भएकी हुन् । गएको बुधबार काठमाडौको बुढानिलकण्ठमा अवस्थित शिवपुरी बैन्क्वेटमा आयोजना भएको अवार्ड कार्यक्रममा माझीले प्रमुख अतिथि वरिष्ठ अभिनेता नीर शाहबाट अवार्ड थापेकी हुन् । यसअघि उनले निम अवार्ड मा ‘बेस्ट मोडल अफ द इयर २०२३’ को अवार्ड हात पारेकी थिइन् ।
Discussion about this post