इटहरी/ महानायक राजेश हमालको पछिल्लो फेसबुक पोस्ट आलोचित भैरहेको छ । जाजरकोटमा गएको भुकम्पका कारण देश दुखमा परिरहेको अवस्थामा महानायक हमालले भने ‘मधु मस्ती’ भन्दै फेसबुकमा श्रीमती मधुसंगका केही फोटोहरु पोस्ट्याएका थिए । हुनत आफ्नो गतिविधिलाई सामाजिक संजालमा पोस्ट गर्नु कुनै ठूलो समस्या वा गलत कार्य नै त हैन । तर, सेलेब्रेटी भैसकेपछीको अवस्थामा भने परिस्थिति अनुरुप सामाजिक संजालमा अप्डेट हुनुपर्छ भन्ने कुरा बुझ्न सकिन्छ । त्यसैले पनि अहिले यो पोस्टका कारण राजेश हमाल आलोचित हुँदैछन् ।
अभिनेता हमालको उक्त पोस्टलाई यो समाचार तयार गर्दैगर्दा सम्म २५ हजार बढी लाईक आएको छ । हिजो शनिबार ३ बजेर ४० मिनेटमा गरिएको ‘मधु मस्ती’ वाला पोस्टको कमेन्टमा प्राय:ले यो दुखद अवस्थामा यस्तो पोस्ट नगर्न सुझाएका छन् । एक सामाजिक संजाल प्रयोगकर्ताले ‘पुरै देश शोकाकुलमा भैराको बेला कस्तो मस्तिगर्न मन लाको हो त मानवता कता गयो होला’ भन्दै कमेन्ट गरेका छन् ।
यस्तै ख्याम राना नाम गरेका अर्को फेसबुक प्रयोगकर्ताले ‘जसरी नेपाली चलचित्र क्षेत्रमा इमानदार र कुशल कलाकार महानायक को रुपमा स्थापित हुनुभयो त्यसरी नै आज देश पुरै शोकमा डुबेको बेलामा तपाईंले त्यसको तात्पर्य बुझ्नु पर्ने हो तर भाउजू लिएर 5 star होटलमा मोज मस्ती अलि सुहाएन।’ भन्दै कमेन्ट गरेका छन् भने यी त केही प्रतिनिधि प्रतिक्रिया मात्रै हुन् । प्रायःले हमालको यो पोस्टमा यस्तै खाले कमेन्ट गरेका छन् । केहिले भने यस्ता कमेन्ट गर्नेहरुलाई राजेशले ठिक नै गरेका हुन् भन्ने आशयको प्रतिक्रिया दिएका छन् ।
Discussion about this post