इटहरी/ रचना रिमालको आवाजमा ‘हालीमुहाली’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा भुपेन्द्र महतको शब्द संरचना रहेको छ भने सुरेश अधिकारीले संगीत समाबेश गरेका हुन् । डान्समा आफ्नो छुटै नाम कमाएकी शिल्पा मास्केको प्रस्तुतिमा गीत अनुरुप आफ़ुलाई ढाल्न सक्ने कला प्रष्ट झल्किएको छ । भिडियो हेर्नुहोस् ।
यस म्युजिक भिडियोमा शिल्पा मास्के, बिशाल पहारी, बिकी खड्का, कुन्दन थारु फिचार्ड छन् भने उनिहरुलाई पार्वती वाईवा, लाप्साङ डोंग, स्वेता मगर, मुना लामा, बिनिता परियार, अनिशा लामा, लक्ष्मी परियार, जोया मगर, बिना मोक्तान र सोनीका गजमेरले डान्समा साथ दिएका छन् । कृपा बज्राचार्यको नृत्य निर्देशन रहेको यस भिडियोलाई अविन शाक्यले छायांकन गरेका हुन् । निर्देशन तथा सम्पादन भने सौगतामान सिंह बस्नेतले गरेका छन् ।
Discussion about this post