इटहरी/ दशैको छेको पारेर असोज २६ गते रिलिज भएको फिल्म ‘परदेशी २’को गीत ‘न भुल्नु ए साथी’ सार्वजनिक भएको छ । फिल्मको नाम ले नै धेरै थोक आफै बोल्छ भने अहिले सार्वजनिक ‘न भुल्नु ए साथी’ बोलको गीत पनि उतिकै अर्थ पूर्ण र भावनात्मक रहेको छ । लाल गोपाल सुबेदी र नारायण रायमाझीको शब्द लेखन रहेको यस गीतमा रायमाझी आफैले संगीत दिएका छन । मनोज खड्का, प्रविन बेड्वाल, शान्ति श्री परियार र दिपा स्वांगको गीतमा स्वर रहेको छ ।
गीतको भिडियोमा जे जति पढे पनि बिदेशिनु पर्ने कथा तथा स्कुल कलेज सक्दा नसक्दै साथी भाईबाट प्रदेश गएपछि नभुल्नु भन्दै एक अर्कासंग बिताएको समय र अहिलेको परिवेशको यथार्थ चित्रण गरिएको छ । बिडम्बना नै बिडम्बनाले अल्झिएको हाम्रो देशमा कै नहुने र अर्काको देशमै पसिना बगाउनु पर्ने अन्तिम एक मात्र उपाय रहेको छर्लंग देखन सकिन्छ । हेर्नुहोस भिडियो ।
सार्वजनिक भिडियोमा प्रकाश सपुत, केकी अधिकारी, देबेन्द्र बब्लु, रोशनी कार्की, मनोज खड्का, मानङ लाउति, नविना सिलवाल, ज्योति पोखरेल, रोमन घिमिरे, बिबेक खड्का, दिपा सुहांग आदि कलाकारहरु देखिएका छन् । परिच्छेद सेनको नृत्य निर्देशनमा मान कृष्ण महर्जनले छायांकन गरेका हुन् भने दिर्घ खड्काको सम्पादन रहेको छ । नारायण रायमाझी र राजेश वंशल यस फिल्मका निर्माता हुन् ।
Discussion about this post