इटहरी/ कलाकारिता क्षेत्रमा ‘इकु’ उपनामले परिचित सुलेमान शंकर सहित ९ जना कलाकार पक्राउ परेका छन् । यी कलाकारहरू जुवाखालबाट एकसाथ पक्राउ परेका हुन् । काठमाडौस्थित मैतिदेवीमा रहेको डान्सबारबारमा संचालित जुवा खालबाट पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौका अनुसार सुलेमानसहित गायक चक्र बम, शंकर आचार्य र नरेन्द्र विष्टसहित ९ जना छन् । यी कलाकारहरु पक्राउ परेको स्थानबाट प्रहरीले १ लाख ९० हजार रकम समेत बरामद गरेको छ । प्रहरीले ९ जनै कलाकारहरुलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।
Discussion about this post