इटहरी/ निर्देशक प्रदीप भट्टराइले ‘महाजात्रा’को छायांकन सुरु गरेका छन् । ‘जात्रा र जात्रै जात्रा’ सुपरहिट भएपछि यसको तेश्रो सिक्वेल ‘महाजात्रा’ बनाउन लागेको हो । षट्कोण आर्टस्ले निर्माण गर्न लागेको फिल्मको स्वयम्भूमको बिजेश्वरी मन्दिरमा शुभसाइतमा पूजा गर्दै आजबाट काठमाडौंको बुढानिलकणमा छायांकन सुरु गरिएको छ । भट्टराईले भने–‘फिल्मले सिंगो देशको कथालाई नै प्रतिनिधित्व गर्दै रमाइलो तरिकाले कथा भन्नेछ ।
अगाडी भएका कमी कमजोरीलाई यसमा सुधार्ने पनि बताए । पहिलो दिन बुढानिलकण्ठको सेटमा नायक विपिन कार्कीको दृश्य खिचि फिल्म छायांकन तिर लागेको छ भने यो फिल्म जनकपुर र काठमाडौंमा छायांकन हुनेछ । फिल्मलाई ४५ दिन लगाएर खिच्ने तयारी गरेका निर्माणपक्षले चैत्रको ९ गतेबाट रिलिज हुने पक्का पनि गरिसकेका छन ।
रविन्द्र सिंह बानियाँ कार्यकारी निर्माता रहेको यो फिल्ममा म्याक्स दिपेश खत्री र यज्ञस्वर पौडेलको लगानी छ । यो फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन रहनेछ । फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, राजाराम पौडेल, वर्षा राउत, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा, शिशिर वाङ्देल, अर्जुनजंग शाही, दिव्यदेव पन्त, सुमन कार्की, गौमाया गुरुङ, प्रविण खतिवडा लगायतका कलाकारको अभिनय रहेनछ ।
Discussion about this post