इटहरी/ राउटे समुदायको कला, संस्कृति, भेषभुषा र जीवनमा आधारित ‘रिमै’ बोलको गीत सार्वजनिक भएको छ । मार्मिक तथा भाबुक र सत्य कथा बोकेको यस गीतको शब्द रचना तथा संगीत प्रकाश दुतराजले गरेका हुन् भने मेलिना राई र प्रकाश दुतराजको स्वर रहेको छ । यस्तै यस गीतमा राजु आर्याल, प्रकाश यश, रुपी सिंजाली, प्रेम राना मगरले ग्रुप स्वर दिएका छन् । भिडियोमा ज्यामिरे र बाजकलीको कथा प्रस्तुत गरिएको छ ।
राउटेको मुखिया अर्थात् ज्यमिरेको निधन भएको २ दिनमा उनीहरुको चलिआएको परम्परा अनुसार सबैले आफ्नो बासस्थान छोडेर नयाँ थलोमा सर्नुपर्ने कथा चित्रण रहेको यस भिडियोले सबैको मन छोएको छ । भिडियोमा सबैलाई बसाई सराईको चटारो भईरहेको छ भने उता बाजकली ज्यमिरेको खोजीमा भौतारी रहेकी छन् । मौसम हिमालीको निर्देशन तथा कोरियोग्राफी रहेको यो भिडियो सार्वजनिकको केही समयदेखी नै चर्चामा छ । हेर्नुस् भिडियो ।
युट्युबमा भिडियो सार्वजनिक भएको एक साता बित्दै गर्दा २३ लाख बढी पटक हेरिएको छ भने टिकटकमा यो गीतमा लाखौ भिडियोहरु बनेका छन् । अर्थात टिकटकमा यो गीतका क्लिपहरु भाइरल भएका छन् । हरेकको जीवनमा माया पछी आउने बिभिन्न कठिनाई र परिस्थितिको बर्णन रहेको यस म्युजिक भिडियोमा लेखक दुतराज आफै फिचर्ड छन् भने उनलाई केपिना गोतामेले अभिनयमा साथ दिएकी छन् । तेस्तै बलाकलाकारको भूमिकामा प्रिती ओली र इफान बस्याल फिचर्ड छन् । अनिल के. मानन्धरको छायांकनमा नबिन घर्ति मगरको कलर तथा सम्पादन यो भिडियोमा रहेको छ ।
Discussion about this post