इटहरी/ बिराटनगरमा पहिलो पटक घरपालुवा जनावरहरुलाई लिएर ‘च्यारिटी पेट फेसन शो’ हुने भएको छ । मान्छे र जनावर बीचको सम्बन्धलाई सुदृढ गर्न र विराटनगरमा उद्धार गरिएका जनावरहरूको लागि शेल्टर होम सुरु गर्ने भिजनका साथ ‘एलिना एनिमल्स प्रिजर्भेसन नेपाल’ले यस कार्यक्रमको आयोजना गर्न लागेको आयोजक टिम बताउछन । उक्त कार्यक्रममा घरमा पालिएको जनावर-जनावर बीचमा फेसन शो हुने छ ।
यस कार्यक्रममा आफनो जनावरलाई नि:शुल्क दर्ता गरेर सहभागी गराउन सकिने छ । कार्यक्रममा उत्कृष्ट जनावरले विभिन्न पुरस्कार समेत प्राप्त गर्नेछन् र सथै नि:शुल्क पशु चिकित्सक परामर्श पनि उपलब्ध गराउने उक्त कार्यक्रमका आयोजक एलिना प्रसाईं र साहिल प्रसाईंले बातएका छन् । कार्तिक २३ गते बिराटनगरको कञ्चनजङ्घा पार्टी प्यालेसमा उक्त कार्यक्रम सम्म्पन्न हुनेछ ।
Discussion about this post