इटहरी/कृष्ण लामिछानेको सुन्दर शब्द संरचना तथा संगीत रहेको ‘मालचरी’ बोलको गीत सार्वजनिक भएको छ । मौलिकता र सुन्दरताले भरिपूर्ण तथा माया प्रेमले दिने सम्झना र बिर्सना रहेको यस गीत संगीतमा कुलेंद्र बि.क. र सुनिता बुढा छेत्रीको मधुर आवाज रहेको छ । भिडियो हेर्नुहोस् ।
कृष्ण लामिछानेको निर्देशन रहेको यस म्युजिक भिडियोमा बिनोद बाजुरालीले संगीत संयोजन गरेका हुन् । अर्जुन सापकोटा, सुस्मिता चौलागाई र रामचन्द्र पंडितको बेजोड प्रस्तुति देखिएको छ । भने यसलाई सुजन श्रेष्ठ र उनको टिमले छयांकन तथा बिर बहादुर थारुले सम्पादन गरेका छन ।
Discussion about this post