इटहरी/ दशैंको छेको पारेर असोज २६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म (‘परदेशी २’ ) को केहि अंश ट्रेलरको रुपमा सार्वजनिक भएको छ । यस फिल्ममा अध्ययनको शिलशिलामा रोजगारीका लागि विदेश जाने युवाहरुको बढ्दो संख्या , त्रिभुवन विमानस्थलमा दिनहुँ देखिने भीडले देशको कहालीलाग्दो अवस्था बोल्छ । यो फिल्मबाट गायक सपूतले अभिनेताको रुपमा डेब्यू गरेका हुन् ।
उनलाई केन्द्रमा राखेर फिल्मको कथा भनिएको प्रष्टसँग बुझिन्छ । नेपाल रहँदा उनको मायाप्रेम केकी अधिकारीसँग बसेको हुन्छ । अमेरिका गएपछि वर्षा सिवाकोटीसँग उनी नजिक भएको देखाइएको छ । ट्रेलरको मध्यभागमा प्रशान्त तामाङको केकीसँग बिहे भएको दृश्य पनि छ । प्रशान्त लाहुरे (सिपाही)को भूमिकामा चित्रित छन् । गाउँघरमा मलामी जानेसम्म भेटिन छाडिसकेका छन् ।
शुक्रबार सार्वजनिक ट्रेलरमा उज्ज्वल भविष्यको सपनासहित सामाजिक , राजनैतिक तथा आर्थिकरुपले बाध्य भएर बिदेशिएका नेपाली र उनको पर्खाईमा रहेको आफन्त , आमाबुवाको मर्मस्पर्शी कथा देखन सकिन्छ । यहि बिषय वस्तुलाई लिएर निर्देशक नारायण रायमाझीले फिल्म ‘परदेशी २’ बनाएका छन् ।विमानस्थलको विदाई दृश्यबाट सुरु भएको ट्रेलर दशैंको परिवेश समेट्दै टुंगिएको छ । अभिनेता प्रकाश सपूतले मन्त्र उच्चारण गर्दै दशैंमा आफैंलाई टीका लगाएको दृश्य कारुणिक छ । भिडियो हेर्नुहोस् ।
यस फिल्ममा रमा थपलिया, नीर शाह, दीलिप रायमाझी, देबेन्द्र बब्लु, सबिन बास्तोला, रोशनी कार्की आदिको पनि अभिनय छ । फिल्ममा गीतकार रमेश बिजीको लेखन रहेको छ । निर्देशक रायमाझी र राजेश वंशलले संयुक्त रुपमा फिल्मको निर्माण गरेका हुन् । मानकृष्ण महर्जनको छायांकन, अष्ट महर्जनको द्वन्द्व, गोविन्द राई र रामजी लामिछानेको नृत्य निर्देशन रहेको ‘परदेशी २’लाई दीर्घ खड्काले सम्पादन गरेका हुन् । ‘गोर्खा पल्टन’ र ‘परदेशी’ गरी दुई सुपरहिट फिल्म दिइसकेका निर्देशक रायमाझी ‘परदेशी २’बाट सफलतामा ह्याट्रिक गर्ने धाउन्नमा छन् ।
Discussion about this post