इटहरी/ सिम्रन परियारको स्वारमा पहिलो दशैँ गीत ‘दशैं होकि दशा’ सार्वजनिक भएको छ । छोटो समयमा सबैमाझ लोकप्रिय भएर देश तथा बिदेशमा आफ्नो नाम चिनाउन सफल सिम्रनको यो गीत सार्वजनिक पश्चात चर्चामा छ । गयिका सिम्रनलाई भारतका मिडियाले त नेपालको नेहा कक्कड़ पनि भनेका छन् । सबैतिर बाट चर्चा बटुलिरहेकि गायिकाको स्वरमा दशैको बेदनाले भरिपूर्ण गीत सार्वजनिक भएको हो । भिडियो हेर्न तल दिएको लिंकमा क्लिक गर्नुहोस् ।
अर्जुन कुँवरको लेखन, संगीत तथा गायन रहेको यस गीतको भिडियो सार्वजनिक भएको २ दिनमै युट्युबको म्युजिक क्याटोगरिको २० नम्बर ट्रेण्डिङ्गमा उक्लिएको छ । मारुनी डिजिटल स्टुडियोमा रेकर्ड गरेको यस गीतमा महेन्द्र भण्डारीले म्युजिक अरेन्ज गरेका छन् भने शिव दर्शन फिल्मले निर्माण गरेको हो । देवराज आचार्यले निर्देशन गरेको भिडियोलाई आचार्यले आफैले छायांकन गरेका छन् । सिम्रन परियार र अर्जुन कुँवर फिचर्ड रहेको यस भिडियोलाई नबिन घर्ति मगरले सम्पादन गरेका हुन् ।
Discussion about this post