इटहरी/ १४ मुलुकका ४० भन्दा बढी कलाकार खोटाङ पुगेका छन् । बुधबारदेखि सुरु भएको ‘मुन्धुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनी’मा भाग लिन उनीहरु त्यहाँ पुगेका हुन् । जिल्लावासीले १४ वटै देशको झण्डा फहराएर नृत्यको साथ कलाकारलाई खोटाङमा भव्य स्वागत गरेका छन् । बुधबारदेखि सुरु भएको कार्यक्रम २१ असोजसम्म चल्नेछ ।
नेपालसहित अष्ट्रेलिया, बंगलादेश, भुटान, चीन, इजिप्ट, भारत, जापान, लात्भिया, लिथुआनिया, दक्षिण कोरिया, अमेरिका, युक्रेन र भियतनामबाट कलाकार आएका छन् । उनीहरुले जिल्लाका धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्र डुलेर त्यहाँका दृश्यलाई क्यानभासमा प्रत्यक्ष उतार्नेछन् । भने यस कार्यक्रमबाट धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रको विकास र प्रवर्द्धनपनि हुने देखिन्छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र धनु आर्ट स्टुडियोको आयोजनामा अन्तर्राष्ट्रिय लाइभ पेन्टिङ कार्यशाला सुरु भएको हो । यसरी तयार पारिएका चित्रलाई असोज २० गते दिक्तेलस्थित सरस्वती माध्यमिक विद्यालयमा प्रदर्शन गरिनेछ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नगर सद्भावना दूत समेत रहेका गायक राईले सांगीतिक प्रस्तुति दिनेछन् ।
Discussion about this post