इटहरी/नायक अनमोल केसीले फिल्म ‘रावायण’मा काम नगर्ने भएपछि अब रोहित अधिकारीको निर्माणमा सुयोग गुरुङको निर्देशनमा बन्न लागेको फिल्म ‘फर्कि फर्कि’को तयारी अगाडि बढाएका छन् । यो फिल्मको छायांकन तिहारको फूलपातिबाट सुरु गर्ने तयारीमा निर्माता छन् । फिल्मले २ जोडीको कथालाई प्रस्तुत गर्ने अनुमान लगाउन सकिन्छ ।
फिल्मको कथाको माग अनुरुप अडिसनबाट २ नयाँ कलाकारलाई छनोट गरिएको छ । निर्माता अधिकारीले दुवै कलाकारको अभिनय उत्कृष्ट लागेपछि डिसनबाट छनोट गरिएको बताए । यो फिल्ममा अनमोलको जोडीको रुपमा नायिका जसिता गुरुङले काम गर्दैछिन् । अनमोल र जसितापछि मुख्य भूमिकामा फिल्ममा संवृद्धि अर्याल र रवि काफ्लेले काम गर्ने पक्का भएको हो ।
नरेन्द्र मैनालीको छायांकन रहने फिल्ममा रोमन बज्राचार्य, नरेन लिम्बु र अनमोल गुरुङको संगीत रहनेछ । यो फिल्म निर्माणमा रोहितसँग ओएसआर डिजिटलले सहकार्य गरेको छ । यो फिल्मले सपना र विपनाविचको कन्फ्यूजनको कथा भन्नेछ । नायक अनमोल केसी र नायिका जसिता गुरुङले पहिलो पटक पर्दामा काम गर्न लागेका हुन् ।
Discussion about this post