इटहरी/स्थानीय पर्यटन र संस्कृतिलाई एकसाथ जोड्नका लागि महोत्सव आयोजना गरिएको पत्रकार सम्मेलन गरी जानकारी दिइयो । विकास निर्माणकर्ताहरूको सञ्जाल इटहरीले आयोजना गर्ने महोत्सवमा स्थानीयदेखि राष्ट्रिय स्तरका कलाकारहरुको समेत सहभागिता हुने मुल आयोजक समितिका संयोजक राजु बस्नेतले बताए ।
महोत्सव सफल बनाउनका लागि १५ वटा उपसमिति बनाइएको छ । महोत्सवमा दैनिक रुपमा जातीय भेषभुषा सहितको प्रस्तुति एवं साहित्यसम्बन्धी स्टलसमेत राखिने पत्रकार सम्मेलनमा जनाइएको छ । महोत्सव अवधिभर ५७ लाख ९० हजार रुपैयाँ खर्च हुने आयोजक समितिको अनुमान छ ।
महोत्सवबाट संकलन भएको रकम विपद् व्यवस्थापन कोष खडा गरिने संस्थाका अध्यक्ष विशुधन राईले जानकारी दिए । उनका अनुसार महोत्सवमा २० वटा स्टल राखिने छ । महोत्सव कात्तिक ४ गतेसम्म हुने जनाइएको छ ।
Discussion about this post