Wednesday, April 22, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

समर्पण लामाले ‘इन्डियाज बेस्ट डान्सर’ सिजन-३ को उपाधि नेपाल भित्र्याए

✍ परिकला न्यूज
अशोज १४, २०८० मा प्रकाशित
समर्पण लामाले ‘इन्डियाज बेस्ट डान्सर’ सिजन-३ को उपाधि नेपाल भित्र्याए

इटहरी/नेपालका समर्पण लामाले भारतको टेलिभिजन रियालिटी शो ‘इन्डियाज बेस्ट डान्सर’ सिजन ३ को उपाधि जितेका छन् । शनिबार रातीको ग्राण्ड फिनालेमा ट्रफी चुम्दै उनले १५ लाख भारु र उनका नृत्य निर्देशक भावना खन्डुजाले ५ लाख भारु नगदसहितका पुरस्कार जिते । रत्ननगर नगरपालिका-१३ भीमबहादुर चोक निवासी लामा सोनी च्यानलबाट प्रसारित नृत्य प्रतिस्पर्धाको उपाधि जितेका हुन् ।

जितपछि बोल्दै समर्पणले आफूलाई सपनाजस्तो लागिरहेको बताए । मैले सँधै रियालिटी शो हेर्थेँ र कुनै दिन यस्तै शोको हिस्सा बनूँ भन्ने चाहना राख्थें । तर मैले शो जितेको कल्पना पनि गरेको थिइनँ, यो साँच्चै सपना हो । मेरो लागि सत्य हो । जब म अनिकेत चौहान पछि उत्कृष्ट १३ मा छनोट भएँ, त्यो पल मेरो लागि विजयी क्षण थियो । शोमा म यतिसम्म आइपुग्छु भनेर सोचेको पनि थिइनँ ।’

उनले यो पनि भने, ‘यस प्रतियोगिताको क्रममा मैले सफलता र असफलता दुवैको स्वाद लिएको छु । असफलता पनि महत्वपूर्ण छ, किनकि यसले तपाईलाई धेरै कुरा सिकाउँछ, र यसले मलाई मेरो उत्कृष्ट दिन र थप मेहनत गर्न मद्दत गरेको छ । आज, त्यसैको कारण म राम्रो डान्सर बनेको छु । ‘इन्डियाज बेस्ट डान्सर सिजन ३’लाई मेरा शब्दले वर्णन गर्न सक्दैनन् ।’ फिनाले एपिसोडका अतिथिमा गोविन्दा र गणपथका कलाकार-टाइगर श्राफ र कृति सेनन थिए ।

शोलाई जय भानुशालीले होस्ट गरेका थिए जसमा सोनाली बेन्द्रे र गीता कपुर जज थिए । समर्पणको जितबारे सोनालीले भनिन्, ‘यो ठूलो जितमा म मेरो ‘क्युटी मिनिस्टर’ समर्पणका लागि निकै खुसी छु । उनी तालिम प्राप्त नर्तक नभए पनि नृत्यप्रतिको लगाव हरेक अभिनयमा प्रस्ट देखिन्थ्यो त्यसैले हामीलाई प्रभावित तुल्याएको छ । ’समर्पणलाई रत्ननगर नगरपालिका-१३ मा भव्य स्वागत गर्ने तयारी भैरहेको जनाइएको छ ।

अगाडिकाे पाेस्ट

‘रङ्गेली’को जापान, कोरिया र हङकङ वितरण अधिकार बिक्री

अर्काे पाेस्ट

इटहरीमा असोज २० गतेदेखि १५ दिने सांस्कृतिक पर्यटन महोत्सव हुने

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘मालती मंगले’ टिमबाट चलचित्र पत्रकार संघ सुनसरीको शाखा उद्घाटनसँगै बुधबार पत्रकार भेटघाट र कन्सर्ट हुने
इभेन्ट

‘मालती मंगले’ टिमबाट चलचित्र पत्रकार संघ सुनसरीको शाखा उद्घाटनसँगै बुधबार पत्रकार भेटघाट र कन्सर्ट हुने

✍ परिकला न्यूज
बैशाख ९, २०८३ मा प्रकाशित
0

...

याम थापालाई सुम्पेर किन छाडे प्रदीप भट्टराईले ‘लालीबजार’को निर्देशन ?
कलिउड न्युज

याम थापालाई सुम्पेर किन छाडे प्रदीप भट्टराईले ‘लालीबजार’को निर्देशन ?

✍ परिकला न्यूज
बैशाख ८, २०८३ मा प्रकाशित
0

...

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

बैशाख ७, २०८३ मा प्रकाशित
‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

बैशाख ७, २०८३ मा प्रकाशित
विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘मालती मंगले’ टिमबाट चलचित्र पत्रकार संघ सुनसरीको शाखा उद्घाटनसँगै बुधबार पत्रकार भेटघाट र कन्सर्ट हुने

‘मालती मंगले’ टिमबाट चलचित्र पत्रकार संघ सुनसरीको शाखा उद्घाटनसँगै बुधबार पत्रकार भेटघाट र कन्सर्ट हुने

बैशाख ९, २०८३ मा प्रकाशित
याम थापालाई सुम्पेर किन छाडे प्रदीप भट्टराईले ‘लालीबजार’को निर्देशन ?

याम थापालाई सुम्पेर किन छाडे प्रदीप भट्टराईले ‘लालीबजार’को निर्देशन ?

बैशाख ८, २०८३ मा प्रकाशित
टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

बैशाख ७, २०८३ मा प्रकाशित
‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

बैशाख ७, २०८३ मा प्रकाशित
विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana