इटहरी/ यतिबेला ब्लकबस्टर भैरहेको फिल्म ‘नाङ्गो गाउँ’ छोटो भिडियो साझेदारी साइट टिकटकमा छरपस्ट छ । हुन त यसअघि प्रदर्शनमा आएका फिल्महरुका क्लिप पनि हलमा मोबाइलले खिचेर टिकटकमा नहालिएका भने हैनन् । तर, हामिले एउटै एकाउन्टमा मोबाइलले खिचेर हालिएको ‘नाङ्गो गाउँको झन्डै १ घण्टाको क्लिप हामिले भेटेका छौँ । टिकटकमा mojolung2 नाम गरेको एक टिकटक एकाउन्टमा यी क्लिपहरु भेटिएका हुन् ।
जहाँ ३-४ मिनेटदेखी १० मिनेटसम्मका १० ओटा क्लिप अप्लोड गरिएका छन् । विगत ९ दिनदेखी निरन्तर उक्त एकाउन्टमा नाङ्गो गाउँका क्लिपहरु आजसम्म पोस्ट गरिरहेको देख्न सकिन्छ । पछिल्लो समय वर्ड अफ माउथको आकार हलमा दर्शकले मोबाइलले खिचेर टिकटकमा हालिएका यहीँ क्लिपहरुले लिन थालेको छ भन्दा फरक नपर्ला । त्यसैले पनि निर्माताहरु थाहा पाएपनी नपाएझै गर्छन् । फिल्म जो चल्नु छ । तर, झण्डै आधा भाग फिल्म यसरी टिकटकमा आउँदा निर्माता निर्देशकले त्यसलाई नै वर्ड अफ माउथ भन्दै बस्ने ?
यो कार्य पारिरेसी हैन र ? सिनेमाहलमा फिल्म प्रदर्शन गर्नुअघि मोबाइलले भिडियो नखिच्नु, यस्तो कार्य अपराध सरह हो भन्ने सचेतनामुलक प्रोमो पनि देखाइन्छ । तर, त्यस्ता प्रोमोको दर्शकले कुनै मतलब गर्दैनन् । यत्तिका लामो भिडियो निर्धक्क खिचिरहेका हेरिरहने हल संचालकको पनि यहाँनेर ठूलो कमजोरी देखिन्छ । एक निर्माता निर्देशकले यस्तो कार्य नियन्त्रणमा तादरुकता नदेखाउदा अन्य निर्माता निर्देशकहरु समेत मारमा पर्छन् । बेलैमा सोच्ने पो होकि ?
Discussion about this post