Friday, May 8, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

घर लिलाम गर्ने पत्रसहित कलाकार विक्रम श्रीको घरमा एनआइसी एसिया बैंकको सुरक्षागार्ड

✍ परिकला न्यूज
चैत्र २२, २०७९ मा प्रकाशित
घर लिलाम गर्ने पत्रसहित कलाकार विक्रम श्रीको घरमा एनआइसी एसिया बैंकको सुरक्षागार्ड

इटहरी/ ‘बैंक पनि, साथी पनि’ स्लोगान सहित बैंकिङ सुविधा दिदै आइरहेको एनआइसी एसिया बैंकले आफ्ना ग्राहकहरुका घरको गेट अगाडि गार्ड राख्न थालेको छ । यो साथीको अनुभुतीले पक्कै हैन । ऋण तिर्न नसकेको भन्दै बैंकले यस्तो गर्न थालेको हो । यस्तो प्रकारको घटना इटहरीका एक कलाकारको घरमा घटेको छ । वरिष्ठ कलाकार बिक्रम श्रीको घरमा बैंकले सेक्युरिटी गार्ड राखेको हो । जुन कुराको जानकारी श्री आफैले फेसबुक मार्फत गराएका हुन् । केही व्यक्तिहरुले विक्रमश्रि लाई घरमै ताला लगाएर नजरबन्द गरि प्रहरीले ड्युटी गरिरहेको भन्ने भ्रामक खवर बजारमा फैलाएपछि उनले जानकारी स्वरुप फेसबुकमा उक्त पोस्ट गरेका हुन् ।

उनले लेखेका छन् ‘मेरो घर अगाडि उभिएको ड्युटी जवान “नेपाल प्रहरी” नभएर NIC Asia बैंकको सेक्युरिटी गार्ड रहेको जानकारी गराउदछु । केही व्यक्तिहरुले “विक्रमश्रि लाई घरमै ताला लगाएर नजरबन्द गरि प्रहरीले ड्युटी गरिरहेको” भन्ने भ्रामक खवर बजारमा फैलाएको थाहा भयो, फैलाउने र बैंक लाई उक्साउने ब्यक्तिको पहिचान भइसकेको पनि जानकारी गराउदछु । समयमा किस्ता बुझाउन नसक्दा कठोर नियमवाला बैंकले आफ्नो तरिकाले काम गर्यो ।’ इटहरी म्याट्रीक्सका संस्थापक समेत रहेका श्री कुशल र ख्यातिप्राप्त मुर्तिकार हुन् । समयमै बैंकको किस्ता तिर्न खोज्दा खोज्दै पनि काम गरेको पैसा नउठ्दा यस्तो अवस्था आइपरेको उनले लेखेका छन् ।

श्रीले ‘गार्डको राम्रो हेर देख गरिदिएको छौं । समयमा किस्ता बुझाउन प्रयासरत छौ । भ्रष्ट कर्मचारी र दलाल ठेकेदारहरुका कारण काम लिन र सम्पन्न गर्न सहजता नहुनु र देशमै आएको आर्थिक मन्दीजस्ता कारणले गर्दा हामी जस्ता स्वावलम्वी सिर्जनशील सर्जकहरुले सजिलो गरि बैंकलाई किस्ता बुझाउन सकि रहेका छैनौं ।’ भनेर लेखेका छन् । बैंकले ऋणीमैत्री व्यबहार नगरेको भन्दै दुखेसो पोखेका छन् भने आवस्यकता भन्दा बढी फोन गर्ने, भेट्न हतारो गराउने, एकै दिन एकै पटक सात दिने, ३५ दिने र घर लिलाम गर्ने पत्रीकामा छाप्ने तीन पुस्ते तयारीको सूचनाको पत्र सहित घर अगाडि मुल ढोकामा एक्कासि गार्ड राख्दा अनेकौं प्रश्न उब्जिएको उनले लेखेका छन् ।

कलाकार श्रीले आफू संग सम्बन्ध नराम्रो रहेको आफन्तलाई बैंकले प्रयोग गर्दै यस्तो कार्य गरेको आरोप समेत लगाएका छन् भने आफुलाई कालो सुचीमा राख्न सुझाव दिने आफन्त र कर्मचारीको बारेमा पनि जानकारी भैसकेको र बाहिर ल्याउने खुलाएका छन् । सहानुभूति भन्दा हत्तोत्साहित बनाउने वातावरण सिर्जना गर्दै धेरै जना कर्मचारीबाट एकै दिन धेरै कल आउनु, घर या कार्यक्षेत्रमा नै भेट गरि ताकेता गर्नु, भेट भएको रिपोर्ट भनी तस्वीर खिचेर लानु, प्रतिष्ठाको ख्याल नगरिनु, ऋणीको वाध्यता र परिस्थिति प्रत्यक्ष देखेर अनुभव गरेर पनि बारम्बार यस्तो दोहोरिनु आफुसंगै अन्य ऋणिहरुलाई समेत दुखित बनाएको लेख्दै अन्त्यमा ‘यस्तो विषम परिस्थितिमा ब्याज मात्र लिइ दिएर सहयोग गरे ऋणदाता प्रति धेरै सद्भाव बढ्ने थियो ।’ भन्दै बैंकलाई सुझाव दिएका छन् ।

अगाडिकाे पाेस्ट

मेयर हर्क साम्पाङले गरे आफ्नै बारेमा बन्ने वृतचित्रको क्ल्याप हानेर शुभमुहूर्त (भिडियो सहित)

अर्काे पाेस्ट

बैशाख १ देखि प्रदर्शन हुने फिल्म ‘बिहे पास’ को शीर्ष गीत सार्वजनीक

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’
कलिउड न्युज

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

✍ परिकला न्यूज
बैशाख २३, २०८३ मा प्रकाशित
0

...

लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ
कलिउड न्युज

लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

✍ परिकला न्यूज
बैशाख २३, २०८३ मा प्रकाशित
0

...

दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

बैशाख २३, २०८३ मा प्रकाशित
सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

बैशाख २३, २०८३ मा प्रकाशित
कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

बैशाख २२, २०८३ मा प्रकाशित
सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

बैशाख २१, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

बैशाख २३, २०८३ मा प्रकाशित
लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

बैशाख २३, २०८३ मा प्रकाशित
दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

बैशाख २३, २०८३ मा प्रकाशित
सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

बैशाख २३, २०८३ मा प्रकाशित
कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

बैशाख २२, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana