इटहरी/लोकप्रिय सर्जक सुन्दर हमालको शब्द रचनामा रहको मौलिक लोक तथा दोहोरी गीत ‘पारी ठुली भिर’सार्वजनिक भएको छ । गायिका सिम्रन परियार र राजन कार्किले गीतमा स्वर दिएका छन । गीतमा राजन कार्कीको संगीत छ ।नेपाली पनको आभाष दिने किसिमले गीतको निमार्ण गरिएको सुन्दर हमालले बताए । भने नेपाली गाऊ ठाउँ पनि परिवेश भिडियोमा देखन सकिन्छ ।
गीत सार्वजनिक भए सगैँ सामाजिक सञ्जालमा चर्चाको शिखरमा रहको छ । आधुनिक गीतहरु सार्वजनिक भैरहेको बेला आफ्नो मौलिकता र संस्कृति झल्किने लोक गीत सार्वजनिक गरेर सुन्दर हमालले ठाडो चुनौती दिएका छन् । त्यति मात्र नभएर लोक तथा दोहोरीको गीत , संगीतको सरंक्षण तथा नया पिढीमा पुराना मौलिकता र संस्कृति हस्तान्तरण साथै जोगाउने काम पनि गरेका छन् । ‘पारी ठुली भिर’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
मौलिक लोक लयमा आधारित गीतमा मायालु जोडि विचको प्रेम र उत्सवलाई चित्रण गरिएको छ । मायालु जोडी साथ नभए पनी माया जुनीभरिलाई रहिरहने भन्ने पनि यसमा देखाईएको छ । सन्जय राईको छायाँकन , अमृत चापागाईँको सम्पादन तथा मनोहर भण्डारीको निर्देशन भिडियोमा रहेको छ।मौलिक धारमा तयार पारिएको गीतको भिडियोमा बेगम नेपाली र स्मारिका ढकालको अभिनय देख्न सकिन्छ ।सुन्दरको यस अगाडि कहिले पुग्ला धन, बनको खयर , सईले, आउन मायालु , उखुम , दसै गोजीमा हाले गीत चर्चामा रहेका थिए ।














Discussion about this post