इटहरी/ यतिबेला शिक्षक आन्दोलन चर्की रहेको छ । यता यहि मौकामा ‘राजु मास्टर’ उपनामले लोकप्रिय कलाकार राजु पौडेलको पनि सामाजिक संजालमा चर्चा भैरहेको छ । उनको चर्चा सो आन्दोलनमा नदेखिएको भन्दै भएको हो । धेरैले ‘त्यत्रो आन्दोलन हुँदा समेत सहभागी नभएको’ भन्दै उनको तस्वीर सहित स्ट्याटस पोस्ट गरेका छन् । टेलिफिल्म तथा म्युजिक भिडियोहरुमा समेत उनी मास्टरकै भुमिकामा देखिन्छन् ।
स्कृनमा उनी शिक्षकको भुमिकामा देखिने र अहिले शिक्षकको नै आन्दोलन भैरहेको हुनाले उनको चर्चा व्यापक बन्दै गैरहेको हो । एक सामाजिक संजाल प्रयोगकर्ताले राजुको तस्वीर राख्दै ‘धेरै मास्टरले विद्यार्थी र अभिभावकलाई रुवाएपनी यी मास्टरले जहिले हँसाए’ भन्दै स्ट्याटस पोस्ट गरेका छन् । हास्य टेलिफिल्म ‘मेरिबास्सै’बाट उनी मास्टरको भुमिकामा देखिएपछी लोकप्रिय बनेका हुन् ।
हाल उनले आफ्नै चर्चित बनेको उपनाम जोडेर ‘मास्टर टिभी’ नामक युट्युब च्यानल सुरु गरेर विभिन्न टेलिफिल्महरु अप्लोड गरिरहेका हुन्छन् । सो च्यानलमा १२ लाख भन्दा बढी सब्स्क्राइब छन् भने यो च्यानलाबाट सार्वजनिक हुने ‘जुठे’ नामको टेलिफिल्म लोकप्रिय छ । हरेक एपिसोडहरु मिलियन भ्युज गैरहेको हुन्छ । हिमालयन टेलिभिजनबाट समेत प्रसारण हुने यो टेलिफिल्मलाई पछिल्लो समय ओएसआर डिजिटलबाट सार्वजनिक गरिदै आएको छ भने ‘मास्टर टिभी’ बाट राजुले ‘लफडा’ नामक सिरियल सुरु गरेका छन् ।
Discussion about this post