इटहरी/ हास्य कलाकार राजु पौडेल (राजु मास्टर)को नयाँ सिरियल ‘लफडा’ आजदेखि प्रसारणमा आउने भएको छ । नेपाली टेलीसिरियल जगतको एकदमै बहुचर्चित हास्य कलाकार राजु पौडेल (राजु मास्टर)को नाम नसुने र नचिने कमै होलान् । बिभिन्न सिरियलमा अभिनय गरेका उनले टेलिभिजन क्षेत्रमा छुट्टै नाम कमाएका छन् । उनि एक हास्य कलाकार मात्र नभएर लेखक तथा निर्देशक पनि हुन् ।
पौडेलले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै सिरियलको प्रसारण जानकारी दिएका हुन् । उनको सिरियलमा मनोरन्जन र समाजका यथार्थ दुवै झल्किएको हुने गर्दछ । सिरियल मार्फत नया नया जनचेतना मुलक सन्देश दिने गरेका पौडेलले यो पल्ट पनि अर्को नया सिरियल ल्याएका छन् । उनले सिरियल ‘लफडा’ आज बेलुका ८ः३० बजे ‘मास्टर टिभी’ मार्फत आउने उल्लेख गरेका छन् ।
राजु पौडेलकै कथा एवं निर्देशन रहने सिरियलमा उनको अलावा कृष्ण शिवाकोटी, कमला रेग्मी, रवि डङ्गोल, मञ्जु श्रेष्ठ, श्री थापा, मुकुन्द, अनिता बस्नेत, केशव सापकोटा लगायतको अभिनय देख्न सकिनेछ । मरिचमान श्रेष्ठ अर्थात् ‘बल्छी धुर्वे’ र (राजु मास्टर)सगै देखिने जोडी हुन् । धेरै जसो सिरियलमा सगै देखिने दुवै जना यो सिरियलमा भने मरिचमान श्रेष्ठ अर्थात् ‘बल्छी धुर्वे’ देखिने छैनन् ।
Discussion about this post