इटहरी/आगामी पौष २७ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै सिनेमा ‘देव वाणी’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सिनेमाका सार्वजनिक दुई पोस्टरमध्ये पहिलो पोस्टरमा अभिनेता सुनिल थापा र डेव्यु अभिनेता कुन्दन भारद्धाज र डेव्यु अभिनेत्री अनुजा लेप्चालाई स्थान दिइएको छ । दोस्रो पोस्टरमा अभिनेता भारद्धाजलाई एङ्ग्री योङम्यानको रुपमा प्रस्तुत गरिएको छ ।
बाबु साहेव बलामीको निर्देशनमा निर्माण भएका सिनेमामा सुनिल, कुन्दन र अनुजाका अलवा ध्रुब कोइराला, घनश्याम गिरी, रबिन्द्र झा, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, काजोल राघवाणी, लक्ष्मीनाथ तिमल्सिना लगायतको अभिनय रहनेछ । निर्देशक बलामीले सिनेमा नेपाली र हिन्दी भाषामा निर्माण भैरहेको जानकारी दिए । सिनेमालाई नेपाल रिलिजकै दिन भारतका हलमा पनि प्रदर्शन गर्ने योजना निर्माण टिमको छ ।
सिनेमामा तेञ्जु योञ्जनको कोरियोग्राफी र तर्कराज न्यौपानेको मुख्य सहायक निर्देशन रहेको छ । हरिबहादुर घलेको छायांकन र श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहने सिनेमाको प्रस्तुतकर्तामा मौसम पौडेल छन् । मिना खड्का र हिराबहादुर लेप्चा निर्माता रहेको सिनेमाका कार्यकारी निर्माता महेन्द्र यादव र अपार गुरुङ हुन् । सिनेमामा मनोहर सुनामको संगीत, श्रीकृष्ण श्रेष्ठको भिएफएक्स, प्रबिन ढकालको कलरग्रेडिङ र बन्दे प्रसादको सम्पादन रहनेछ ।
Discussion about this post