इटहरी /नेपाली चलचित्रको ट्रेलर मास्टरको रूपमा चिनिने शाहिल खानको परिचय चलचित्र सम्पादक मात्र होइन, उनी कुशल मोडल समेत हुन् । हालै मात्र उनले अभिनय गरेको म्युजिक भिडियो ‘न्यानो साथ’ रिलिज भएको छ । आदर्श प्रडक्सनको प्रस्तुतिमा बनेको यस भिडियोमा खानले आशिका दाहालसँग स्क्रिन शेयर गरेका छन् ।
भिडियोका निर्देशक विज्ञान राई हुन् भने मिलन श्रेष्ठले सम्पादन र राजेन्द्र मोक्तानले कलर ग्रेडिङ गरेका छन् । छायाँकार सञ्जय लामा हुन् । विजय अर्यालको शब्द तथा सङ्गीत रहेको यस गीतमा बेनिशा पौडेल र विजय अर्यालको स्वर रहेको छ । म्युजिक भिडियोका निर्माता राकेश शाह हुन् । गीत अनुरुप रमणीय स्थान तथा मनमोहक दृष्य समेटेको भिडियोमा देखन सकिन्छ । भिडियो हेर्नुहोस्:
भखरै सार्वजनिक भिडियो ‘न्यानो साथ’लाई दर्शकले भरिपूर्ण माया र साथ दिनुहुन्छ भन्ने अपेक्षा छ । निर्माता शाह बेलायतका युवा व्यवसायी पनि हुन् । शाहिलले पहिलो म्युजिक भिडियो अन्जु पन्तको स्वरमा रहेको गीत ‘नरुनु है’मा अभिनेत्री शिल्पा पोखरेलसँग अभिनय गरेका थिए । युट्युबमा यसको भ्युज यो समाचार तयार पार्दासम्म पचास लाख भन्दा बढी रहेको छ । हालै सार्वजनिक ‘न्यानो साथ’ खानको चौथो म्युजिक भिडियो हो ।
Discussion about this post